नागार्जुन नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २० ।

नागार्जुन नगरपालिका वडा नं ५ को छगडोल मा भएको भद्रमती खानेपानी आयोजनाकको लागि ट्यान्की निर्माण गर्ने र एक घर एक धाराको नारालाई सार्थक बनाउने मुख्य योजना रहेको वडा नं ५ का अध्यक्ष महेश रिमालले बताए ।

वडा नं ५ का मुख्य तथा सहायक सडकहरुमा थापा चौरबाट सीता पाइला मन्दिर निस्कने भित्री बाटो स्तरुन्नती गर्ने , हरिशिद्दी बाट बस्नेत गाउँ हुँदै सरस्वती चोकको बाटो कालोपत्र गर्ने , पाल्तेनको प्लटिङ बाट छ्गडोल सामुदायिक बन सम्मको बाटो उकालो ढलान गर्ने , तामाङ बस्तिको बाटोमा दायाँबायाँ पर्खाल सहित नया मार्ग खोल्ने , छ्गडोल ठुलोधारा देखी कुवर बस्ती सम्म बाटो नय ट्रायाक खोल्ने , बसेल टोलको बाटो ढल हाली ग्राबेल गर्ने योजना रहेको अध्यक्ष रिमालले बताए ।

खानेपानीको समस्या मुख्य रहेकोले यस वडामा खानेपानीको लागी हरिशिद्दीमा एउटा बोरिङ थप गर्ने ,छगडोलमा भएको भद्रमती खानेपानीको लागि ट्यान्की निर्माण गर्ने ,भद्रमती खोलाको पाइपलाई मर्मत गर्ने आवश्यक परेमा नया जडान गर्ने र वडा ५ मा रहेको मुहान संरक्षण गर्ने योजना वडा नं ५ ले बनाएको छ ।

वडा नं ५ मा रहेका सार्बजनिक जग्गा संरक्षणको लागी रेखांकन गरी अभिलेख राख्ने रउचित स्थानमा सामुदायिक भवन र अन्य संरचना निर्माण गर्ने वडाले जनाएको छ ।आदेश्वोरमा रहेको सार्बजनिक जग्गामा खेल मैदान बनाउने योजना पनि वडा  नं ५ ले बनाएको छ ।

जेष्ठ नागरिक सुरक्षा भत्ता हाललाई बैक मार्फत नै वितरण गरिएको  तर निकट भविस्यमा  घरमै पुर्याउन प्रयासरत रहेको अध्यक्ष रिमालले बताए ।

भुकम्पले क्षतीग्रस्त वडाका धार्मिक र पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने अभियान सुरु गर्ने जसमा आदेस्वोर मन्दिर पुरातत्व बिभाग सङ समन्वय गरी  निर्माण गर्ने र सितापाइला ,हरिसिद्दी ,रातो र पहेँलो गुम्बा संरक्षण गर्ने योजना रहेको अध्यक्ष रिमालले बताए ।

वडाका महिलाहरु तथा अन्य इच्छुक वडावासीलाई नसर्ने रोगको तालिम दिने र स्वस्थ्य चौकी मा डाक्टर सहित को सेवा दिने योजना वडा नं ५ ले बनाएको छ ।

लक्षित वर्गको बजेट तर्फ महिला तथा युवाहरुलाई शिपमुलक र रोजगार मुलक तालिम प्रदान गर्ने योजना वडा नं ५ को रहेको छ ।

यसका साथै सितापाइला चोक हरिसिद्दीमा सार्वजनिक सौचालय बनाउने योजना छ भने आदेश्वोरमा सौचालय निर्माणाधीन रहेको छ ।यसका साथमा हरिसिद्धी सामुदायिक बनमा ,छगडोल सामुदायिक बनमा बनभोल स्थल निर्माण गर्ने र आदेश्वोरमा बाल उद्दान बनाउने योजना रहेको अध्यक्ष रिमाल ले बताए ।

यस वडामा रहेको सामुदायिक बिधालयको शैक्षिक गुणस्तरको लागी आवश्यक पहल गरी शैक्षिक गन्तव्यका रुपमा वडालाई विकास ह्गारने वडा नं ५ का अध्यक्ष रिमालले बताए ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।