‘कलेजोको टुक्रा’को उपहार कलेजो
कपन अनलाइन/ विचार /बिबेक विनयी
हाम्रो चलन चल्तीको भाषामा बाउआमाले आफ्नो सन्तानलाई माया गरी भन्ने गर्छन—‘कलेजको टुक्रा’ ।असाध्यै प्रेम दर्शाउदै आफ्नो सन्तानलाई आफ्नो अभिन्न अवयको रुपमा चित्रण गर्न पनि त्यसो भनेका होला । सानो छँदा मात्र होइन वयस्क हुँदा पनि उनीहरुले यसो भन्छन् ।
सन्तानप्रति आमाबाउको माया अथाह हुन्छ । एक पवित्र एवं निस्वार्थ प्रेमको गंगा हरदम छोराछोरीको लागि मातापिताको हृदयबाट वगीरहेको हुन्छ । तर, के सबै सन्तानले आफ्नो कलेजोको टुक्रा ठान्ने वाउआमालाई पनि आफ्नो मुटुको टुक्रा ठानेका छन् त ? व्यवहारमा देखाएका छन् त ? के शिक्षाले विद्यार्थीहरुलाई त्यस्तो संस्कार सिकाएको छ त ? मलाई लाग्छ हाम्रो समाजमा यो अत्यन्तै नजिकबाट चिन्तन मनन गर्नुपर्ने कुरा हो यो ।
तर, धेरैको मत छ कि आज मानिसहरुले आफ्ना मातापितालाई त्यस्तो मान, हेरचाहार र प्रेम दिन अथवा भनौ लालनपालन गर्न सकेका छैनन जस्तो उनीहरुले आफ्ना सन्तानलाई गरेका थिए । हाम्रो शिक्षाले पनि मानिसलाई उतिसारो संस्कारयुक्त बनाउन सकेको छैन भन्ने सुनिन्छ । एकपटक जोख्नु पर्ला ।
आज संस्सारमा प्रत्येक मानिसले शिक्षाको लागि ठूलो धनराशी खर्च गर्छन । मानिसहरु शिक्षित हुन्छन । विज्ञ हुन्छन । ठूला ठूला उपाधि लिन्छन् । तर, मातापितालाई एकतिर थन्काउन्छन् । यो वढ्दै गइरहेको वृद्धआश्रम त्यसैको परिणाम हो भनिन्छ । आजकाल सबै मानिसहरु आफ्नो प्रौढ जीवनमै वुढेसकालको लागि सोच्ने गर्छन । उनीहरुलाई आफ्नो सन्तानप्रति उतिसारो विश्वास देखिन्न । कनि यस्तो भइरहेको छ ? यसको जरासम्म पुग्नुपर्ने आजको आवश्यकता बन्दै गइरहेको छ ।
अहिले हाम्रो नेपाली समाजमा हेर्ने हो भने अधिकांश सन्तान आफ्नो बाउआमाबाट लिने काममा एकदमै अगाडि बढ्छन् भने दिने काममा एकदमै पछाडि । धनसम्पत्ती, सुविधा, जेजे सक्यो लियो तर दिने वेला ?
यस्तो परिवेशमा हाम्रा विद्यालयहरुले कस्तो शिक्षा दिइरहेका छन् यसो दृष्टि गोचर लगाउँ त ? आजकाल कक्षा ८,९ १० मा पढ्ने पनि थुप्रै भाइवहिनीहरु जसले आफ्नो सबै कामहरु आफै गर्न सक्षम छन् तर पनि आफ्नो कपडा, जुत्ता सफाइ, खाएको भाडावर्तन सफा गर्ने लगायत सारा कामहरु वाउआमाले खुरुखुरु गरिदिउन भन्ने चाहान्छन् ।
धेरैले त सन्तानको त्यो चाहाना पनि पूरा गरिरहेका छन् । उनीहरु एक कप चिया समेत बनाएरु खुवाउदैनन् । आफ्नो काम वाउआमालाई गराउन उनीहरुलाई कति पनि लाज लाग्दैन । बाउआमाको पीडा बुझ्ने त परको कुरा भयो । यो क्रम ऊ वयस्क हुँदा समेत रोकिदैन । अनि कालन्तरमा आफ्नो मातापिता त उनीहरुको सेवक हुन भन्ने ठान्छन् । यो समाजको ठूलो दुर्भाग्य हो । यसलाई खासगरी शिक्षा क्षेत्रमा लागेकाले परिवर्तन गराउन अग्रसरता लिनुपर्छ ।
विद्यार्थीहरु संस्कारयुक्त हुन नसक्नुको एक मुख्य कारण विद्यालयको शिक्षण लक्ष्य र पद्दति पनि हो । विद्यालयमा व्यवहार कौशल जसलाई हामी कयात कपष्िि भन्छौं त्यसको बारेमा खासै पढाइन्न । विद्यालयलाई गणित, विज्ञान, अंग्रेजी, व्याकरण, कम्प्युटर, आदि जस्ता विषयहरु पढाउँदैमा फुर्सद मिल्दैन । कहाँबाट आदर सत्कार, संस्कारको कुराहरु पढाउनु र ? फेरि अभिभावकदेखि सिंगो समाजले पनि जसले राम्रो अंक ल्याएको छ उसैलाई मात्र मान्यता दिने र ऊ नै राम्रो मान्छे भन्ने गलत विश्वास छ । त्यसले कुनै एक तह राम्ररी उत्तिर्ण गरेको त देखाउँछ तर जीवनमा त्यसको रौनकता पनि देखाउँदैन ।
मलाई लाग्छ जुनदिन प्रत्येक सन्तानले आफ्नो वाउआमा र राष्ट्रको लागि उल्लेख्य काम गर्न सफल हुन्छन त्यही दिन उसले जीवनमुखी शिक्षा पाएको रहेछ भनेर प्रमाणित हुन्छ । हाम्रो शिक्षाले विद्यार्थीलाई वाहिर दुनियाँ खोज्न होइन आफुभित्र रहेको अथाह संपदालाई खोज्न सिकाउनु पर्छ । अनि संस्कारयुक्त विद्यार्थीहरुको जन्म हुन्छ ।
पाठकहरुलाई लाग्ला कि यो आलेखको खास कुरो चाँहि के हो ? अलिकति लेखको सन्देशको लागि भूमि तयार पार्न खोजिएको हो । त्यसलाई मान्यता दिन खोजिएको हो ।
यो लेखको जन्म एकजना छोरीको त्यागबाट भएको छ । त्यो त्याग सिंगो समाजको लागि, अझ सन्तानको लागि एक महत्वपूर्ण गिता सरह हो । त्यसलाई बुझ्ने प्रयास गरौं ।
भक्तपुरकी एक जना छोरीले आफुलाई कलेजोको टुक्रा भनेर बोलाउने बाउलाई आफ्नो कलेजोको टुक्रा उपहार दिएर लोकमा उच्चतम तहको नमूना पेश गरिन । जीवनबाट विदा हुन लागेको वाउलाई उनले पुर्न जन्म दिलाइन । पहिले वाउले छोरीलाई जन्म दिए त्यसको वद्ला लिँदै छोरीले वाउलाई पुन जन्म दिइ । गणित अघि सार्ने हो भने छोरीले हिसाब किताब मिलान गरिन । यो अत्यन्तै दुर्लभ र महत्वपूर्ण दृष्टान्त हो । वाउआमाको कलेजो लिन पल्केका छोराछोरीहरुको लागि यो गतिलो सबक हो ।
हिराकाजी महर्जनको कलेजोले काम गर्न नसकेपछि उनको जीवनमा संकट आयो । परिवारमा तनाव छायो । सबैभन्दा बढी उनकी छोरी सरीतालाई भयो । सरीता दुखको सगरमा डुबीन । तर, प्रविधिले उनलाई साथ दियो । अनि उनी आफ्नो बाउको जीवन बचाउन कलेजो दिन तयार भइन ।
जब दुबै जनाको अपरेसन गरियो । छोरीको होस आयो । होस आउनसाथ उनले आफ्नो बाउ खोजिन । उनलाई वाउसमक्ष पुर्याइयो तर त्यतीखेर सम्म वाउको होस आएको थिएन । आँखाहरु बन्द थिए । अनुहार र छाती थरिथरिका पाइले भरिएका थिए । उनले एकोहोरो वाउलाई हेरीन र आफ्नो अशक्त शरीरलाई विर्सेर आँखाभरी आँशु पार्दै रोही रहिन । केही छिन पश्चात वाउको आँखा खुल्यो । छोरीको आँखामा खुशीको आँशु वग्यो ।
यो खबर पढेपछि साँच्चै मेरो पनि आँखा रसायो । यो खबर अरु थुप्रै साथीहरुले पढेका छैनन होला । यसमा केही सन्देश जोडेर केही लेखौं झैं लागेर मैले दुइशब्द कोरेको हुँ । यो खबर, खासगरी हामी शिक्षा क्षेत्रमा भएका साथीहरुले सबैतिर लैजानु पर्छ । हाम्रा केटाकेटीहरुले यसबारे पूर्णरुपमा बुझ्नु पर्छ ताकि उनीहरु पनि आफ्नो वाउआमालाई बुझुन । चिनुन । त्याग गरुन । लिन मात्र होइन दिन पनि अघि बढून ।
जतिसुकै गरेपनि वाउआमाको गुणलाई कुनै पनि सन्तानले चुक्त गर्न सक्दैन तर पनि वाउआमाको लागी योगदान गरेर उहाँहरुलाई कम्तिमा महसुस गराउन सक्छन् । सन्तानको लागि जीवन दिन तयार वाउआमालाई सबै सन्तानले उत्तिकै माया, सम्मान र रेखदेख गरुन । एउटा सभ्य समाज बनोस । वृद्धवृद्धा मैत्री समाज बनोस । परिआएको वेलामा मेरो कलेजोको टुक्रा भनेर बोलाउने वाउआमाको लागि सरिताले झैं (कलेको टुक्रा) जुनसुकै त्याग गर्न कोही पनि सन्तान पछि नहटुन ।
( विनयी जुगल इङ्लिस मिडियम स्कूल,कपनका प्रिन्सिपल हुन् )