अमेरिकाको बोस्टन सहरमा दुई विष्फोटमा ३ जनाको मृत्यु
अमेरिका, वैशाख ३ – अमेरिकाको बोस्टन सहरमा सोमबार राति भएको दुई विष्फोटमा ३ जनाको मृत्यु भएको छ । १ सय बढी व्यक्तिहरु घाइते भएका छन् । म्याराथुन भइरहेको स्थानमा उक्त विष्फोट भएको हो । विष्फोटको समयमा अमेरिकामा दिउँसोको २ बजेर ५० मिनेट हुँदै थियो ।
प्रहरीका अनुसार दुवै धमाका केही सकेन्डको फरकमा म्याराथुन सकिने स्थानमा भएको हो । विष्फोट कसले गराएको खुलेको छैन । छानविनको जिम्मा एफबीआईलाई दिइएको छ । विष्फोटपछि पुरै अमेरिकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले देशलाई सम्बोधन गर्दै विष्फोटका जिम्मेवारहरुले त्यसको मँहगो किमत चुकाउनुपर्ने बताएका छन् । उनले विष्फोट कसले र किन गराएको बारे खुल्न नसकेको तर जसले गराएपनि अमेरिकाले खोजी निकाल्ने चेतावनी दिएका छन् । स्रोत: एपी
तपाइँको प्रतिक्रिया ।