हिजो न्युजिल्यान्डका नागरिक लुट्ने आज पक्राउ

सोलुखुम्बु, २ वैशाख । न्युजिल्यान्डका नागरिक लुट्ने युद्ध कुलुङलाई आइतबार प्रहरीले गिरफ्तार ग¥यो । उनलाई गुदेल–८ नाम्लुङबाट गिरफ्तार गरिएको प्रहरीनायब उपरीक्षक सुदसिं बस्नेतले जानकारी दिनुभएको छ ।

लुक्लाबाट सङखुवासभाको तुम्लिङटार हिँडेका न्युजिल्यान्डका नागरिक बाटो भुलेर जङ्गलमा पुगेको बेला लुटिएका थिए । लुट्ने क्रममा कुलुङले पर्यटकलाई कुटपिट गरेको समेत स्वीकार गरेको प्रहरीको भनाइ छ ।solukhumbu_district

कुलुङको साथमा पर्यटकबाट लुटिएको निकोन क्यामेरा, स्लिपिङ ब्याग तथा ज्याकेट फेला परेको उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

उनलाई इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकी छेस्कामबाट खटिएको प्रहरी टोलीले स्थानीय नाम्लुङबासीको सहयोगमा गिरफ्तार गरेको हो । उनलाई सदरमुकाम सल्लेरी ल्याइँदै छ ।

पीडित पर्यटकलाई हिजै हेलिकोप्टरबाट काठमाडौँ पठाई सकिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।