तारकेश्वर नगरपालिका वडा नं १० का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन १८ ।
तारकेश्वर नगरपालिका वडा नं १० का मुख्य र सहायक सडकहरुको मर्मत ,सुधार ,विस्तार र निर्माण गर्ने प्रमुख योजना रहेको वडा नं १० का अध्यक्ष अमृत थापाले बताए ।
यस वडाका मुख्य तथा सहायक सडकहरुमा नेपालटार बाट शुभकामना चोक भएर लोकतान्त्रिक चोक हुँदै मनमैजु पुल सम्मको बाटो मर्मत स्तरुन्न्ती गर्ने, गुम्बा बाट लोकतान्त्रिक चोक हुँदै न्यायिक प्रतिस्ठान सम्म सडक मर्मत सम्भार र सुधार गर्ने , राजटोल आधा ढलान पूरा गर्ने , टप्पा पारी कुलदेबता जाने उकालो ढलान गर्ने , नागेश्वोरी बाटो ढलान गर्ने ,सिशा फ्याक्ट्री बाट नाट्यश्वोरी जाने बाटो ढलान गर्ने, हिमाली टोल कालो पत्र गर्ने , बैकुण्ठपुरी जाने उकालो ढलान गर्ने , न्युरिसियस स्कुल माथी रिटेनिङ बाल लगाउने र लाखे टोल सुधार समिती मार्फत बाटो ढलान गर्ने योजना रहेको अध्यक्ष थापाले बताए ।
वडाका धार्मिक सम्पदाहरुको संरक्षण र प्रवर्धनमा वडाको विशेष ध्यान गएको अध्यक्ष थापाले बताए ।जसमा पुरानो मनमैजु ध्योछे ,पुननिर्माण गर्ने पन्चेश्वोर मन्दीर संरक्षण गर्ने योजना प्राथमिकतामा परेका छन ।
वडामा रहेको ढल निकासको समस्या समाधान गर्नका लागी फुटेको ढल मर्मत गर्नुका साथै बिष्णुमति नदीको छेउमा ढल राख्ने र वडामा सरसफाइको लागि ठाउँ ठाउमा डस्ट्बिन र कम्पोस्ट बिन बितरण गर्ने योजना वडाले बनाएको छ ।
वडा नं १० लाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने योजना वडा नं १० को रहेको छ जसका लागी वडामा रहेका निजि तथा सार्वजनिक विद्यालय संग समन्वय गरी योजना निर्माण गर्ने वडा नं१० ले बतायो ।
वडा नं १० को अर्को महत्वपूर्ण योजनमा वडाका मजदुरहरुकोको अभिलेख राख्ने र पुननिर्माणमा सहयोगका लागी परिचय पत्र दिने रहेको अध्यक्ष थापाले बताए ।
वडाको पायक पर्ने स्थानमा प्रतीक्षालय, सौचालय र स्वस्थको लागि शारीरिक योग ध्यान केन्द्र चलाउने योजना वडा नं १० ले बनाएको छ ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता सहज वितरण गर्ने तथा ८० बर्ष माथीका जेष्ठ नागरिक लाई घरमै डाक्टर सहितको टोलि उपचारको लागि पठाउने योजना वडा नं १० ले बनाएको छ ।
वडा नं १० का विभिन्न स्थानमा सुरक्षा को लागि सि सि टि भि जडान गर्ने र वडाका टोल सुधार समिति लाई नमुना टोल सुधार समिती बनाउने अध्यक्ष थापा ले बताए ।
वडावासिहरुलाई कौशी खेतीका लागी उचित परामर्स तथा तालिम प्रदान गरी यसमा प्रेरित गर्ने योजना वडा नं १० को रहेको छ ।
वडाको खानेपानीको समस्या समाधानका लागी तीन बर्ष भित्रमा विभिन्न संघ सस्था र स्थानीय संग छलफल गरी योजना बनाउने र अगाडी बढ्ने अध्यक्ष थापाको योजना रहेको छ ।
लक्षित वर्गको कार्यक्रम तर्फ शिपमुलक र रोजगार मुलक तालीम तथा कार्यक्रम संचालन गर्ने योजनामा वडा नं १० रहेको छ ।