काठमाडौं महानगरपालिका वडा नं. ३० योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन १८।
काठमाडौं महानगरपालिका वडा नं. ३० भित्र रहेका मुख्य सडकहरुको स्तरउन्नतीमा विशेष पहल गर्ने र नगरपालिकाको मापदण्ड भित्र पर्ने सडकहरुलाई स्थानिय जनताको सहयोग र सल्लाहमा अनुसार वडाका जनताहरुलाई समस्या नपर्ने गरि विस्तार गर्ने आफ्नो मुख्य योजना रहेको वडा नं.३० का अध्यक्ष दलबहादुर कार्कीले बताए ।
मैतिदेवी मन्दिर पछाडि रहेको सार्वजनिक जग्गा र गुर्जुचौरमा रहेको जग्गालाई संरक्षण गर्दै अन्य सार्वजनिक जग्गाहरुको अभिलेखीकरण गर्दै बाल उध्यान र विपद अवस्थामा आश्रय लिने स्थान बनाउने वडा नं. ३० को योजना छ ।
वडामा रहेको ज्ञानविकास आधारभूत विद्यालयको स्तरउन्नती गर्दै उचित स्थानमा भवन बनाई सार्ने योजना वडा नं.३० ले बनाएको छ ।
जेष्ठ नागरिक सुरक्षा भत्ता घरघरमा वितरण गर्न सुरु गरिएको र महिलाहरुलाई नारी सचेतना केन्द्र मार्फत सिपमुलक तालिमहरु दिई आय आर्जनमा लगाउन वडा नं. ३० ले पहल सुरु गरेको छ ।
वडाभरी रहेका सामाजिक संघ संस्था र क्लबहरुलाई व्यवस्थित गर्न महानगरपालिका संग बजेट माग गरिएको हुदा माग गरे अनुसारको बजेट प्राप्त भएमा खेलकुद लगाएत युवा स्वरोजगार सम्बन्धी कार्यक्रमहरु चलाउने वडा नं.३० का अध्यक्ष कार्कीले बताए ।
वडा भित्र रहेका घनावस्तीको बिचबाट ढल निर्माण गरिएको हुदा ठाउँ ठाउँमा पानीको स्रोतहरु सुकेको र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड संग समन्वयन गरी खानेपानी वितरण सहज बनाउने वडा नं.३० ले योजना बनाएको छ । वडाको पायक पर्ने स्थानमा सुविधा सम्मपन्न वडा भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने योजना वडा नं. ३०ले बनाएको छ ।
वडा भित्र रहेका मठ मन्दिरहरुको संरक्षण गर्दै सरसफाइमा विशेष ध्यान दिर्ने र वडा भित्र मनाइने महत्वपूर्ण मैतिदेवि जात्रा, ज्ञानेश्वरमा रहेको पारसनाथ मन्दिरमा तीज, शीवरात्री, जनैपूणिमा लगाएत अन्य पर्व लाग्ने मेलालाई व्यवस्थित गराउदै यस वडामा रहेको प्राचिन ढुङ्गेधारा, कला र संस्कृतिलाई जर्गेना गर्ने आफ्नो अर्को योजना रहेको वडा नं.३० का अध्यक्ष कार्कीले बताए ।
वडामा सुविधा लिन आउने सेवाग्राहीहरुलाई सहज र सरल तरिकाले सुविधा दिन र सफा सुन्दर वडा बनाउने आफ्नो योजना रहेको वडा नं.३० का अध्यक्ष कार्कीले बताए ।