काठमाण्डौं महानगरपालिका वडा नं.१ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन १८ ।
काठमाण्डौं महानगरपालिका वडा नं.१ का भित्र रहेका जिर्ण अवस्थाका सडकहरुको मर्मत सम्भार गर्दै वडा भित्र रहेका भित्रि सडकमा इर्टा र ब्लक छाप्ने कार्य गरिरहेको नागपोखरी देखी भगवतीवाल सम्म सडक पेटी बनाउने नगरविकास योजना अनुसार बाटो विस्तार गर्दा वडाका ६० प्रतिशत जनताहरु विस्थापित हुनेहुदा वडाबासीहरुलाई विस्थावित नगराइकन सडकको स्तरउन्नती गर्ने आफ्नो मुख्य योजना रहेको वडा नं.१ का अध्यक्ष भरतलाल श्रेष्ठले बताए ।
वडा भित्र रहेको एक मात्र सामुदागिक विद्यालय नन्दीरात्री मावीको स्तरउन्नती गर्दै शैक्षिक गुण्स्तर बधाउने योजना वडा नं. १ ले बनाएको छ । महिलाहरुलाई सिपमुलक तालिम दिई आय आर्जनमा लगाउने र वडा भित्र रहेका सामाजिक संघ संस्था र क्लबहरुलाई सक्रिय बनाउदै युवा स्वरोजगारका विषयमा वडाले पहल गर्ने वडा नं. १का अध्यक्ष श्रेष्ठले बताए ।
वडा भित्र रहेका गुठीहरुका जग्गाहरुलाई वडा समिति मातहतमा ल्याउने र वडाले संरक्षण गर्नमा आफ्नो पहल रहने वडा नं. १ का अध्यक्ष श्रेष्ठले बताए ।
जेष्ठ नागरिकहरुलाई सहज र सरल तरिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना वडा नं. १ ले बनाएको छ ।
हाल तरकारी बजार रहेको स्थान, नन्दी केसर दक्षिण पूर्वको स्थान, बाल मन्दिर रहेको स्थान र राजदरबारको खाली जग्गा मध्ये पायक पर्ने स्थानमा सुविधा सम्पर्न वडा भवन बनाउने योजना वडा नं. १ को रहेको छ ।
नरायण चौर वरिपरी खानेपानीको समस्या रहेको हुदा उपत्यका खानेपानी लिमिटेड संग समन्वयन गरि सहज वितरण गर्ने र वडाका विभिन्न स्थानमा बनेका व्यापारि भवनहरुलाई आकाशेपानी संकलनमा पहल गर्ने र वडा भित्र रहेका प्राचिन ढुङ्गे धाराहरुको संरक्षणमा पहल गर्ने वडा नं. १ ले योजना बनाएको छ ।
नक्साल भगवतीको जात्रा, स्वेतकालीको जात्रा, गणेश जात्रा र नागपन्चमी मेलालाई व्यवस्थापन गरि वडा भित्र रहेको नेवारी संस्कृति र वाजं खलहरुको संरक्षणमा लाग्ने वडा नं.१ का अध्यक्ष श्रेष्ठले बताए ।
ठमेल देखी नागपोखरी सम्म पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने र राजदरवार भित्र बन्न लागेको पर्यटकिय विपत व्यवस्थापन स्थलको निर्माणमा वडा नं.१ को योजना रहेको छ ।
वडा भित्र रहेका टेलिकमका तार विजुलीका तारहरु हटाउन पहल गरिरहेको र केहि स्थानमा हटि सकेको वडा नं.१का अध्यक्ष श्रेष्ठले बताए ।
स्वस्थ्य क्लिनिकलाई स्तरउन्नती गर्दै वडाको उचित स्थानमा भवन बनाई प्रारम्भीक उपचार सुविधा वडावासीलाई दिने वडा नं. १ ले योजना बनाएको छ ।
वडा नं १ भित्र रहेका सामाजिक संघ संस्था र व्यवसायिक भवनहरु संग मिलेर सवल र संम्वृद्ध वडा बनाउने र वडामा सेवा लिन आउने सहज र सरल तरिकाले सुविधा दिन योजना आफ्नो रहेको वडा नं.१का अध्यक्ष श्रेष्ठले बताए ।
वडा नं १ मा रहेको नारायणहिटी र्संग्राहालय वडा मातहत ल्याउन पहल गर्न नेपाल सरकार संग अनुरोध गर्ने र यसको उचित व्यवस्थापन गरी वडाको आय वृद्धि गर्ने वडा नं १ को योजना रहेको छ ।