बालकुमारी आधारभुत विद्यालय बुनपा १२ लाई शैक्षिक सामाग्री प्रदान

बालकुमारी आधारभुत विद्यालय बुनपा १२ लाई शैक्षिक सामाग्री प्रदान

कपन अनलाइन 

काठमाडौ,साउन १३ ।

लायन्स क्लब अफ काठमाडौं टि कपनले लायन्स इन्टरनेशनलले  आफ्नो बार्षिकी कार्यक्रमको तालिका अनुसार जुलाई महिनाको कार्यक्रम सम्पन्न गरेको छ।

जस अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं.१२ मा रहेको एकमात्र सामुदायिक विद्यालय बालकुमारी आधारभुत विद्यालयका शिक्षकहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। क्लब द्वारा वितरित उक्त सामाग्रीको प्रयोग गरि कक्षा शिक्षण गरेमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बिश्वास लिएको र उक्त सामाग्रीको पुर्ण रुपमा प्रयोग गर्न लायन्स क्लब टि कपनका अध्यक्ष सबिन पन्तले अनुरोध गर्नुभयो।

सो अवसरमा उक्त विद्यालयको ब्यवस्थापन समितीका अध्यक्ष तथा लायन्स क्लब टि कपनका सचिब  ठाकुर खकुरेलले सबै शिक्षकहरुले अनिवार्य शैक्षिक सामग्रीको प्रयोग गरि अध्यापन गर्न निर्देशन दिनुभयो। विद्यालयकी  प्रधानाध्यापक लक्ष्मी तिमल्सिना, बालबिकास समाजका वरिष्ठ प्रशासक राम खतिवडा टि कपनकी प्रथम उपाध्यक्ष संगीता पन्त र कोषाध्यक्ष सुनन्दा पन्त लगायत सबै शिक्षकहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।