तारकेश्वर नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १३।

तारकेश्वर नगरपालिका वडा नं ९ का प्रमुख तथा सहायक सडकहरु लाई निर्माण ,मर्मत र सुधार गरेर सम्पूर्ण वडा भरी सहज आवगमनको व्यवस्था गर्ने प्रमुख योजना रहेको वडा नं ९ का अध्यक्ष बलराम सिटौलाले बताए ।

वडा नं ९ ले प्राथमिकतामा राखेका मुख्य तथा सहायक सडकहरुमा ग्याडोलबाट मनमैजु मन्दिर जाने बाटो ,लोटापु बाटो ,मिलिजुली बाटो ,कितपाखा ढलान , बोगटी स्टोर देखि शुभकामना चोक पुर्ब तर्फ बाटो ढलान तथा मंगल निर्माण ,शान्तिनगरमा बाटो ढलान, छितिज बस्ती हुँदै जाने बाटोमा मेसिनरी वाल निर्माण ,तफाटोल हुँदै पारीटोल जाने बाटो मर्मत ,नर्थ पोल स्कुल (इन्द्रायणी पुल ) बाट दक्षिण तर्फ जाने बाटोको किनारमा पर्खाल निर्माण ,मनमैजु पुरानो बस्ती गणेशस्थान मन्दिर देखि नासलचोकमा इटा सोलिङ ,सितलनगर बाटो र मनमैजु मन्दिर देखी चार घरे सम्म पिच गर्ने योजना वडाको रहेको अध्यक्ष सिटौलाले बताए ।

खेलकुदको लागि खेल मैदान निर्माण, कबर्ड हल निर्माण ,इन्डोर ब्याटमिन्टन कोर्ट निर्माण गरि युवाहरुलाई रचनात्मक र सृजनात्मक गतिविधिमा संलग्न गराउदै वडालाई युवा मैत्री वडाको रुपमा विकास गर्ने २७ वर्षको उमेरमा वडा अध्यक्ष बनेका अध्यक्ष सिटौलाले बताए । युवा लक्षित रोजगार मुलक तालीम र कार्यक्रम संचालन गर्ने योजनामा वडा नं ९ रहेको छ ।

 

वडामा रहेको सार्वजनिक जग्गाहरुको संरक्षणको काम अगाडी बढेको र तिनको संरक्षण गरी वडालाई हित हुने संरचना निर्माण र विकासको योजना वडाले बनाएको छ । वडाका सांस्कृतिक बाजाहरुको संरक्षणको पहल सुरु गरिसकेको अध्यक्ष सिटौलाले बताए । साथै शुभकामना चोक माथिको ढुङेधारा मर्मत तथा  संरक्षण गरिने वडाले जनाएको छ ।

लक्षित बर्गको बजेटमा विभिन्न  आयाआ र्जनका तालिम ,मातृ शिशु तालिम संचालन गर्नुका साथै महिला नेतृत्व बिकास तालिम , बालबालिका क्षमता बिकासका तालीम , स्वस्थ्य सम्बन्धी तालीम संचालन गर्ने सोचमा वडा रहेको अध्यक्ष सिटौलाले बताए ।

वडाका मठ मन्दीर संरक्षण गर्ने र वडाको शान्ती सुरक्षका लागी विभिन्न महत्वका स्थानमा सिसि टिभी जडान,सौर्य बत्ती जडान लगायतका योजना वडा नं ९ ले बनाएको छ ।

वडावासीलाई करको दायरा भित्र ल्याई वडाको आम्दानीमा वृद्धि गर्ने र अन्य विकासका कार्यक्रम संचालन गर्ने सोचमा वडा नं ९ रहेको छ ।

वडा नं ९ को आफ्नै छुटै कार्यालय निर्माण गरी सो मा अत्याधुनिक पुस्तकालय ,संवाद स्थल र सभाहल बनाउने योजना वडाले अगाडी सारेको छ ।

वडामा छिटो छरितो सहज सेवा प्रदान गर्नका लागी जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिई सकेको अध्यक्ष सिटौलाले बताए ।

वडाको समग्र विकासका लागी वडाका संघ संस्था र सरोकारवाला सबै संग छलफल गर्ने योजना रहेको अध्यक्ष सिटौलाले कपन अनलाइनलाई बताए ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।