पशुपती बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालावन्दी

पशुपती बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालावन्दी

कपन अनलाइन

काठमाडौ,साउन १२ ।

अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु ) ले पशुपती बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको छ।विभिन्न माग राख्दै गरिएको तालाबन्दी अनिश्चितकालका लागी रहेको पशुपती अखिलका एक नेताले बताए ।

अनेरास्वबियुले आर्थिक कारोवार बैंकिंग प्रणाली बाट हुनु पर्ने ,प्रसासन बिहानी ,दिवा र रात्री तिनै शत्र मा संचालन हुनु पर्ने , दक्ष प्राध्यापकहरुको व्यवस्था हुनु पर्ने लगायतका माग राखेको छ ।तालाबन्दी गर्नु अगाडी ज्ञापनपत्र बुझाउदै अखिलको टोलीले बिगतमा भएका विभिन्न सहमतिहरु कार्यान्वयन हुनु पर्ने माग क्याम्पस प्रमुख प्रयागराज भट्टराई समक्ष राखेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।