गोकर्णेश्वर मन्दीर परिसरमा पितृमोक्ष कोटिहोम चल्दै

गोकर्णेश्वर मन्दीर परिसरमा पितृमोक्ष कोटिहोम चल्दै

कपन अनलाइन

काठमाडौ,साउन १२ ।

गोकर्णेश्वर नगरपालिकाको गोकर्णेश्वर मन्दीर परिसरमा अहिले पितृमोक्ष कोटिहोम तथा श्रीमद्भागवत कथा प्रबचन सहितको धार्मिक महायज्ञ भइरहेको छ।२०७४ असार २५ गते गुरु पूर्णिमाको दिन शुभारम्भ भएको यो महायज्ञ  २०७४ श्रावण ३० गते समापन हुनेछ ।यस  कोटि होम महायज्ञमा सङ्कल्पकर्ता सिद्धिप्राप्त श्री काली माता रहेकी छन ।

यस महायज्ञको  आयोजक ॐ बडिमालिका सनातन धर्म नेपाल र कोटिहोम महायज्ञ मुल आयोजक समिती रहेका छ्न। यो महायज्ञ हरेक दिन बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म भैरहेको छ  । महायज्ञमा पित्री उद्धार रास्ट्र शान्ति , मानव कल्याण तथा भुमीपुजन समेत गरिने आयोजक समितिले कपन अनलाइनलाई बतायो ।

तपाइँको प्रतिक्रिया ।