क्याम्बोडियाली राजा उपचारका लागि चीनमा

कपन अनलाइन 

नोम्पेन्ह, ८ साउन । क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका  छन्  ।
उनि  आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आज चीन प्रस्थान गरेको  समाचारमा जनाइएको छ ।

उनि हरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका  थिए  । उनि  चीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनि  चीन गएको  र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।