कतार संकटको समाधान निस्किएन

कतार संकटको समाधान निस्किएन

कपन अनलाइन 

इस्तानबुल, ८ साउन ।

कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् । कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी समेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पठाएका थिए ।

पत्रमा कतारमाथि बिभिन्न शर्त राखिएको छ । ती मध्येका केही शर्तमा अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने र ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि राखिएको छ । तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन ।

कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । त्यसै क्रममा कतिपय देशले कतारमाथि लचिलो हुन सकिने भनी दिएका अभिव्यक्तिहरु पनि सार्थक हुन सकिरहेको छैन ।

यसैबीच सो समस्या समाधानको पहलस्वरुप भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरुको भ्रमण गर्ने  भएका  छन्  । उनले कतार र साउदी अरेबियाको भ्रमण पनि गर्ने भएका  छन्  ।

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँले आइतबारदेखि नै सो भ्रमण गर्न लाग्नुभएको जानकारी दिइएको छ ।

पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । त्यसैले उन को यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उन को कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छ ।  रासस÷सिन्ह्वा÷एएफपी

तपाइँको प्रतिक्रिया ।