लोडशेडिङ दैनिक १० घन्टाबाट अझै ३ घण्टा बढ्ने

काठमाडौं, २३ चैत्र –  भारतको विहार क्षेत्रबाट नेपालले किन्दै आइरहेको विद्युत मध्ये ६०  मेगावाट जति कटौती भएपछि लोडशेडिङ हालको दैनिक १० घन्टाबाट अझै  ३ घण्टा बढ्ने अवस्था आएको नेपाल विद्युतdownload1 प्राधिकरणले जनाएको छ।

भारतमा कोइला आपूर्तिमा समस्या आएको भन्दै उक्त परिमाण विद्युत् कटौति गरिएको प्राधिकरणले जनाएको छ । बुधबार बिहार इलेक्टि्रसिटी बोर्डले नेपाल विद्युत प्राधिकरणलाई कटैया-कुशहा र रामनगर-गण्डबाट निर्यात भइरहेको विद्युत्मा कटौती गरिएको जानकारी दिएको थियो । अहिले कटैयाबाट आयात भइरहेको ७५ मेगावट मध्ये ३५ मेगावाट र रामनगर-गण्डकबाट आयात भइरहेको २५ मेगावाट पुरै कटौती गरिएको कुरा भारतले जनाएको छ ।
यसरी भारतबाट आइरहेको विद्युत आपुर्ती कटौती भएपछि अब पुनः मुलुकमा लोडसेडिङ थपिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।