कपन एमाले ध्रुवराज न्यौपानेलाई फेरि अध्यक्ष बनाउने तयारीमा

ध्रुवराज न्यौपाने - अध्यक्ष, विद्यालय व्यवस्थापन समितिपन अनलाइनसातौं अधिवेशनको तयारीमा रहेको कपन एमालेले आउँदो एक कार्यकालका लागि वर्तमान अध्यक्ष ध्रुवराज न्यौपानलेलाई फेरि अध्यक्षमा राख्ने तयारी गरेको छ । वर्तमान कार्यकालमा ध्रुवराज न्यौपानेको कृयाशिलता तथा संगठनमा उनले गरेको मेहनतप्रति कपन एमालेमात्र नभई क्षेत्र तथा जिल्ला कमिटि पनि उनीप्रति अत्यन्त सकारात्मक रहेका बताइन्छ ।

कपनमा एमालेलाई बलियो बनाउने सबालमा विगतका गाउँ पार्टी कमिटिका अध्यक्षहरुभन्दा धेरै योगदान दिएका कारण ध्रुवको विकल्प नरहेको इलाका कमिटिका एक सदस्यले कपन अनलाइनलाई बताए । निकट भविष्यमा हुने निर्वाचनमा कपनबाट अरु पार्टीहरुको भन्दा बढि मत ल्याउन कपनमा ध्रुवराजको प्रभावकारी सक्रियता महशुस चारैतिर गरिएको उनको भनाइ थियो ।
यही चैत्र २४ गते हुने कपन एमाले गाउँ पार्टी कमिटिको अधिवेशनलाई सफल बनाउन व्यापक तयारी गरिएको छ । कपन ३ स्थित ह्याण्डबल मैदानमा हुने उद्घाटन सत्रमा एमालेको प्रभावशाली नेता के.पि. ओली प्रमुख अतिथि रहने छन् भने महिला नेतृ विद्यादेवी भण्डारी विशेष अतिथिको रुपमा उपस्थिति रहने छ ।

तपाइँको प्रतिक्रिया ।