नेपालमा बजार हिस्सा बढाउँदै ओप्पो

नेपालमा बजार हिस्सा बढाउँदै ओप्पो

कपन अनलाइन 

विश्व बजारमा उल्लेखनिय सफलता हात पार्न सफल स्मार्टफोन ब्राण्ड ओप्पो नेपाली बजारमा प्रवेश गरेको झण्डै १० महिना भएको छ । एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट क्यामेरा फोन ‘एफवान एस’को साथमा कम्पनी सन् २०१६-सेप्टेम्बर-१२ देखि नेपाली बजारमा प्रवेश गरेको हो ।

छोटो अवधि भएतापनि ओप्पो क्यामेरा फोनको लोकपि्रयता हेर्दा भने कम्पनी, नेपालमा स्थापित ब्राण्डका रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि सुसज्जित उत्पादन कम्पनीको सफलताको प्रमुख कारण भएको बजार विश्लेषकहरुको भनाइ छ । साथै, कम्पनीको पृथक तथा प्रभावकारी बजार नितिको पनि यसमा उल्लेखनिय भुमिका रहेको उनीहरु बताउँछन् ।

विश्व बजारमा ओप्पो चौथौ स्थानमा

ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)का अनुसार पनि सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमै ओप्पो चौथौँ स्थानमा परेको छ । उक्त त्रैमासमा ओप्पोले २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथ हात पारेको तथ्याङ्कमा उल्लेख छ । आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनियाँ बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गिय क्यामेरा केन्दि्रत आर-९ एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेदनले जनाएको छ ।

एसियाका अन्य भाग तथा मध्य पूर्वी र अफ्रिकी क्षेत्रमा समेत ओप्पोले बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ । भारतिय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको आडीसीद्वारा प्रस्तुत प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।

सफलताका अन्य सूचक

नेपाली बजारमा नयाँ ब्राण्ड भए पनि कम्पनीले उत्साहजनक प्रदर्शनी गरिरहेको छ । कारोबार सुरु गरेको जम्मा १० महिनामै आफ्ना उत्पादन विक्रिका लागि ६ सय ५० भन्दा बढी आउटलेट्स स्थापना गरिसकेको छ । ओप्पोका अनुसार यसै बर्षको अन्त्यसम्म यो सङ्ख्या १ हजार पुर्‍याउने कम्पनीको लक्ष्य छ । विक्रि भएका फोनको उचित मर्मत सम्भार सेवा उपलब्ध गराइ उपभोक्तालाई सन्तुष्टि प्रदान गर्ने सोंचका साथ कम्पनीले देशका प्रमुख शहरहरुमा ५ ओटा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । विक्रि पछिको ग्राहक सेवालाई थप सुदृढ बनाउने सोंचका साथ कम्पनीले यसै बर्षको अन्त्यसम्म थप ५ ओटा सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको कम्पनीले बताएको

तपाइँको प्रतिक्रिया ।