गाडी दुर्घटनामा तीन घाइते

कपन अनलाइन 

तेह्रथुम, २३ असार । सडक डिभिजन कार्यालयको गाडी दुर्घटना हुँदा इन्जिनियर सचिन श्रेष्ठसहित तीनजना घाइते भएका छन् ।

म्याङलुङदेखि हलिमेला तर्फ जाँदै गरेको सडक डिभिजन कार्यालयको को १ ज १८७ नं को गाडी आज विहान ११ः३० बजे साब्लामा दुर्घटना हुँदा चालक ३३ वर्षे उपेन्द्र यादवको हात र खट्टामा चोट लागेको छ ।

इन्जिनियर श्रेष्ठ र ज्ञानेन्द्र राई सामान्य घाइते छन् । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।

हिलाम्मे सडक भएकाले चिप्लिएर अनियन्त्रित भई गाडी सडकबाट करिब पाँच मिटर तल खसेको नायव प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।