वैज्ञानिकले बनाए ब्याट्रीविनाको मोबाइल, अब चार्जिङको झण्झट नहुने

वैज्ञानिकले बनाए ब्याट्रीविनाको मोबाइल, अब चार्जिङको झण्झट नहुने

कपन अनलाइन 

एजेन्सी, २२ असार।  डिजिटल दुनियामा तपाईंको फोन नै सबै कुरा हो । खान, बस्न, घुमफिर गर्न, किनमेल गर्न तथा पढाइ, लेखाइ जस्ता काममा समेत मोबाइल फोन अनिवार्य बनिसकेको छ ।

मोबाइल फोनको प्रयोग यति बढेको छ कि फोनको ब्याट्री क्षणभरलाई समेत नटिक्ने अवस्था हुँदा साथमा पावर बैंक नबोकी नहुनेवाला छ । स्मार्टफोन प्रयोगकर्ताको यो झन्झटलाई ध्यानमा राख्दै वैज्ञानिकहरुले यस्तो मोबाइल फोन बनाएका छन् जसलाई न त चार्ज गर्नुपर्दछ, न त यसमा कुनै ब्याट्री नै हुन्छ ।

अमेरिकाको युनिभर्सिटी अफ वाशिंटनका शोधकर्ताहरुले एउटा यस्तो फोनको निर्माण गरेका छन् जो ब्याट्रीविना नै चल्दछ ।

यो फोन ब्याकस्केटर प्रविधिमा आधारित रहेको छ । यद्यपि, अहिले यसको नमूना रुप अर्थात् प्रोटोटाइप मात्र तयार गरिएको छ । तर आशा के गरिएको छ भने निकट भविष्यमै यसले वास्तविक मोबाइल फोनको रुप पाउनेछ । यो एउटा फिचर फोन हुनेछ । जसमा किप्याडको अलावा एउटा सानो एलइडी स्क्रिन लगाइनेछ ।

यो फोनले वातावरणमा उपलब्ध न्यून उर्जायुक्त रेडियो तरंगको प्रयोग गरेर चल्दछ । एनालग सिग्नलमा काम गर्ने यो फोनबाट १५ मिटरसम्ममा रहेको मानिससँग मात्र कुरा गर्न सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार मानिसको बोलीलार्ई डिजिटल सिग्नलमा परिणत गरी सञ्चार गर्दा धेरै उर्जा खपत हुन्छ । जबकि एनालग प्रविधिको उपयोग गरेर संवाद गर्दा निकै कम उर्जाका आवश्यकता पर्दछ । उक्त उर्जासमेत मोबाइलले वातावरणमा उपलब्ध रेडियो तरंगबाट प्राप्त गर्दछ ।

ब्याकस्केटर प्रविधिमा आधारित यस फोनबाट अहिलेसम्म केवल कल तथा एसएमएस मात्र गर्न सकिएको छ । यस अर्थमा यो केवल एक बेसिक फिचर फोन मात्र हुनेछ । तर भविष्यमा चाहिँ यसलाई बेसिक फिचर फोनका अलावा स्मार्टफोनमा समेत प्रयोग गर्न सकिने विश्वास वैज्ञानिकहरुको छ ।

तपाइँको प्रतिक्रिया ।