बुढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी
कपन अनलाइन
काठमाण्डौ, बैशाख ३।
बुढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।
वडा नं २ को लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
घरमा कोही नभएको मौका पारेर मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु हालसम्म पक्राउ परेका छैनन् ।
तपाइँको प्रतिक्रिया ।