बैशाख ५ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को भवन उदघाटन हुने

बैशाख ५ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को भवन उदघाटन हुने

कपन अनलाइन

काठमाण्डौ, बैशाख ३।

यहि बैशाख ५ गते शुक्रवारका दिन बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन उदघाटन हुने भएको छ।

वडा नं ६ मा संचालन हुने प्रसासनिक र अन्य कामहरुलाई प्रभावकारी र जनमुखीरुपमा संचालन गर्नका लागि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले दिउसो १ बजे सो भवनको उदघाटन गर्ने वडा अध्यक्ष रवी खड्काले जानकारी दिएका छन।

वडा नं ६ को लुड़े खोला कोरिडोरमा करिव १५ आना क्षेत्रफलमा निर्माण हुने सुविधा सम्पन्न भवनको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका थिए ।

५ करोड ६५ लाखको लागतमा भवन निर्माण गर्न लागिएको सो भवन भूमिगत पार्किङ सहित ५ तल्लाको रहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।
Close