बार्सिलोना छाड्ने मुडमा छैनन् लियोनल मेस्सी

बार्सिलोना छाड्ने मुडमा छैनन् लियोनल मेस्सी

कपन अनलाइन 

एजेन्सी । केही दिनअघिमात्रै वैवाहिक बन्धनमा बाँधिएका बार्सिलोनाका स्टार लियोनल मेस्सीले बार्सिलोना क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनी अब बार्सिलोनामा सन् २०२१ सम्म रहनेछन् ।

बार्सिलोना क्लबले मेस्सीसँग भएको सम्झौताले क्लबमा नयाँ उर्जा थपिएको बताएको छ ।

मेस्सीको बार्सिलोनासँगको पछिल्लो सम्झौता २०१८ को जुनमा समाप्त हुनेछ । उनले क्लब छाड्ने हल्ला चलिरहँदा विश्वका धनाढ्य क्लबहरु उनलाई किन्न आतुर देखिन्थे । तर, क्लबसँग सम्झौताापत्रमा हस्ताक्षर गर्दै अन्य क्लबलाई स्तब्ध पारेका छन् ।

तपाइँको प्रतिक्रिया ।