अङ्ग्रेजी माध्यमको शिक्षा पहिलो प्राथमिकता

कपन अनलाइन 

सोलुखुम्बु, २२ असार । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गर्नुभएसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गर्नुभएको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष राईले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सिसिटिभी जडान गर्दै छिटोछरितो ढङ्गबाट सेवा प्रदानमा जोड दिने निर्णय र डिजिटल हाजिरीको व्यवस्था गर्ने पनि निर्णय गर्नुभएको छ । गाउँपालिका उपप्रमुख सबिता राईले भने आज मात्र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

बुधबार गाउँपालिकाको कार्यालयमा उहाँ उपस्थित नभएपछि आजका लागि पदभार ग्रहणको कार्यक्रम राखिएको पनि कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का असिम राई र उपप्रमुखमा नेपाली काँग्रेसकी सबिता राई निर्वाचित हुनुभएको छ । जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस गाउँपालिकाका ४ वटा वडा माओवादी केन्द्र, ३ वटा वडा नेपाली काँग्रेस र एक वडा एमालेले जितेको छ । रासस

तपाइँको प्रतिक्रिया ।