बुनपा १० मा सूचिकृत हुन वडाको आग्रह
कपन अनलाइन
काठमाडौँ १९ असार ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले वडाभित्र कृयाशील संघ संस्था, युवा क्लव , महिला समूह ,उपभोक्ता सामिति , टोल सुधार समिति र अन्य संस्थालाई असार २५ गतेभित्र सूचिकृत हुनका लागि आह्वान गरेको छ । वडा कार्यालयले आज एक सूचना जारी गरी वडावासीहरुलाई यसको जानकारी गराएको हो ।
कार्यकालको सुरुवातदेखि नै नवीन र पृथक कार्य गरिरहेको यस वडाले सूचिकृत हुन् आउने पक्षलाई सम्बन्धित कागजातहरूसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।
वडा अध्यक्ष नवराज भट्टराईले कपन अनलाइन संगको संक्षिप्त कुराकानीमा वडासँग कृयाशील रहेका संघ संस्थाको विवरण नहुँदा वडाले सञ्चालन गर्ने कार्यक्रमहरु पारदर्शी र प्रभावकारी ढंगले वितरण गर्न नसकिने बताए ।
आगामी आर्थिक वर्षदेखि सुचिकृत भएकाले मात्र वडाले सञ्चालन गर्ने कार्यक्रम र योजना पाउने उनले जानकारी दिए ।
हेर्नुहोस् वडाले जारी गरेको सूचना :