तेश्रो शरण क्षेत्री पुरस्कार वितरण

तेश्रो शरण क्षेत्री पुरस्कार वितरण

कपन अनलाइन

काठमाडौं ,असार १९ ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ  नेपालकाे अायाेजनामा तेस्रो शरण क्षेत्री पुरस्कार अायाेजना गरि ६ वटा विधामा उत्कृष्ट कार्य गर्ने  व्यक्ति र सस्थालाई सम्मानित गरियाे ।स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा किरण रेग्मीज्यूकाे प्रमुख अातिथ्यतामा साे कार्यक्रम सम्पन्न भएकाे थियो ।

कार्यक्रमको  विषेश अतिथहरूमा पूर्व स्वास्थ्य सचिव सेरेन्द्र राज उप्रेती तथा स्वास्थ्य सेवा विभागका महा निर्देशक डा राजेन्द्र पन्त लगायत राष्ट्रिय एचआईभी तथा याैन राेग नियन्त्रण केन्द्र निर्देशक डा तरूण पाैडेल,सिसिएम संयोजक  महेश ढुङ्गेल,सेभ द चिल्ड्रेन का राजन भट्टराई ,एफएचअाई ३६० वाट वरिष्ठ कार्यक्रम अधिकृत असिमा श्रेष्ठ र एएचएफ नेपाल वाट दिपक ढुङ्गेल अतिथि थिए ।

सम्मानित हुनेहरूमा उत्कृष्ट स्वयंसेवक पुरस्कारमा कमला मल्ल डाेटी,विकास गुरूङ कास्की ,उत्कृष्ट पत्रकारमा ईश्वर काजी खाईजु भक्तपुर ,उत्कृष्ट सस्था डडेलधुरा प्लस डडेलधुरा ,एचआईभी संक्रमितहरूकाे उपचार र सेवामा समर्पित डा बसन्त ताम्राकार ,नेपालका पहिलो पटक एअारटि सुरू गराउने डा रामप्रसाद श्रेष्ठ र नितिनिर्माणकाे तहमा रहेर सहयाेग गर्नुहुने डा सेरेन्द्रराज उप्रेती थिए  ।

विभिन्न नेटवर्कका प्रतिनिधिहरू, छनाैटमा परेका सस्थाहरू र व्यक्तिहरू तथा पत्रकारहरूकाे उल्लेखनीय उपस्थिती रहेकाे कार्यक्रममा  प्रमुख अतिथि डा किरण रेग्मीले  अाफ्नाे तर्फबाट गर्नु पर्ने सबै सहयाेग गर्ने प्रतिवद्ता प्रकट गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता महासंघका अध्यक्ष अच्युत सिटौलाले  गरेका थिए  भने स्वागत मन्तव्य सस्थाका सचिब  राजेश दिदिया र संचालन  संस्थाकी कर्मचारी पुष्पा थापाले गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।