जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

कपन अनलाइन 

एजेन्सी, १९ असार । रसियामा आयोजित कन्फेडेरेशन कपको फाइनल खेलमा चिलीलाई जर्मनीले पराजित गर्दै उपाधि जितेको छ । पहिलो पटक कन्फेडेरेशन कप जितेको जर्मनीको युवा टोलीले चिलीलाई १-० गोलले पराजित गरेको थियो ।

पहिलो हाफमा सुरुवातै सँगै निकै आक्रामक देखिएको चिलीले जर्मनीलाई निकै दबाबमा राखेको थियो । तर खेलको २० औ मिनेटमा चिलीका डिफेण्डर मार्सेलो डायजको गल्तीको फाइदा जर्मनीले सदुपयोग गर्यो । लार्स स्टीनडिलले गोल गरे ।

चिलीका लागि भर्गास, भिडाल र सान्चेञ्जले बारम्बार जर्मनीविरुद्ध अवसरहरु सिर्जना गरे तर गोल भने गर्न सकेनन् । खेलको अन्तिम मिनेटसम्म पनि चिलीले जर्मनीलाई दबाबमा राखेको थियो ।

तर, एक गोलले पछि परेको चिलीको मिनी विश्वकप जित्ने सपना भने जर्मनीले भत्काइ दियो । यो जितले जर्मनीको सन् २०१८ मा हुन गइरहेको विश्वकपको तयारीलाई थप उत्साह प्रदान गरेको छ । समुह चरणको खेलमा बराबरी एकएक गोलको बराबरी खेल खेलेको कोपा अमेरिका कप बिजेता चिलीले फाइनलमा जर्मनीलाई हराउने सपना भने साकार हुन पाएन ।

तपाइँको प्रतिक्रिया ।