बुनपा वडा नं २ ,६ ,७ र ८ को संगम स्थल गणेश चोकमा वृक्षारोपण गरियो

बुनपा वडा नं २ ,६ ,७ र ८ को संगम स्थल गणेश चोकमा वृक्षारोपण गरियो

कपन अनलाइन 

काठमाडौँ असार १७ ।

गणेश युवा क्लब बुढानिलकण्ठले आज एक कार्यक्रम विच गणेश उच्च् मावी अगाडी रहेको गणेश चोकमा सडकको दाँया बाँया वृक्षारोपण गरेको छ। बुढानिलकण्ठ नगरपालिका का प्रमुख उद्धव खरेलले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । वृक्षारोपण गरिएको स्थान

बुढानिलकण्ठ नगर पालिका को वडा नं २ ,६ ,७ ,८ को संगम स्थल हो  । उक्त कार्यक्रममा वडा नं २ ,६ ,७ र ८ का वडा अध्यक्षहरु सहित गणेश मावी र क्याम्पसका बिद्यार्थीहरु र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । सडकको दायाँ बायाँ धुपी, पारिजात लगायतका बिरुवाहरु रोपिएको थियो । ति बिरुवाहरु बन विभाग र स्थानीयवासीहरुले उपलब्ध गराएको आयोजक संस्थाले बताएको छ ।

कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख उद्धव खरेलले यस नगरको ‘Clean Budhanilkantha, Green Budhanilkantha’ भन्ने योजनालाई  सफल बनाउन चालिएको यो पहिलो कदम भएको बताए  ।

यस कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाले सहयोग गरेको थियो  ।यस्ता कार्यक्रमलाई  अन्य स्थानमा पनि गरिने आयोजक संस्थाले बताएको छ ।

फोटो : उद्धव खरेलको फेसबुक वालबाट

 

तपाइँको प्रतिक्रिया ।