त्रिज्योती उच्च् मावी बुनपा १२ को बिद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

त्रिज्योती उच्च् मावी बुनपा १२ को बिद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ, असार १७  ।

त्रिज्योती उच्च् मावी बुनपा १२ ले एस इ इ परीक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान सहित विदाई गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा बिद्यार्थीलाई सम्मानका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खरेलले नगरपालिकाको शैक्षिक योजना यस नगर पालिकाका शिक्षाविद् र विज्ञहरूको परामर्शमा तयार पार्ने बताए । कलिलो मस्तिष्क भएका बाल बालिका लाई उचित परामर्श र निर्देशन को खाँचो हुने हुँदा यसमा अभिभावक र शिक्षकले सकारात्मक भूमिका खेल्नु पर्नेमा उनको जोड थियो ।

कपन क्षेत्रको पुरानो बिद्यालय मध्य एक यस विद्यालयको बिदाई कार्यक्रममा बरिस्ठ गायिका ज्ञानु राणा ,विद्यालय निरीक्षक सेमन्त गौतम ,कपन क्याम्पसका अध्यक्ष कुमार ओझा ,बुनपा १२ का नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

विद्यालय का सह प्रधान अध्यापक गणेश मिश्र ले  अतिथि र उपस्थित लाई स्वागत  गरेको उक्त कार्यक्रम को अध्यक्षता विद्यालय संचालक समितिका अध्यक्ष केशव प्रसाद दंगाल ले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।