कपन बहुमुखी क्याम्पस विधिवत सञ्चालन प्रकृयामा, बिन्दु भण्डारीको पदबहाली
कपन अनलाइनत्रि.वि.बाट सम्बन्धन लिएर कपनको पहिलो क्याम्पसको रुपमा सञ्चलनमा ल्याइएको कपन बहुमुखी क्याम्पस एक औपचारिक कार्यक्रमसहित विधिवत सञ्चालनमा आएको छ । फाल्गुण ४ गते बालउद्धार उच्चमाविमा भएको कार्यक्रममा नव नियुक्त क्याम्पस प्रमुख बिन्दु भण्डारीले विधिवत पदभार ग्रहण गरिन् । कपनमा रहेको विभिन्न राजनीतिकर्मि तथा अन्यहरुको उपस्थितिमा हालका क्याम्पस प्रमुख अर्जुन पौडेलले बिन्दु भण्डारीलाई कार्यभार सुम्पिएका छन् । क्याम्पसमा हाल शिक्षा संकाय अन्तर्गत बि एडको कक्षा सञ्चालन भैरहेको छ । जसमा करिब ३० जना विद्यार्थिहरु भर्ना भएका छन् । यस वर्ष क्याम्पसले करिब ५० विद्यार्थि भर्ना गर्ने योजना बनाएको छ । हाल भर्ना भएको विद्यार्थिहरु अधिकांश गृहणी तथा विविध कारणले पढाई छुटेकाहरु छन् ।
कुमारप्रसाद ओझाको संयोजकत्व तथा सदस्यहरु डम्बर अधिकारी, डिल्लिप्रसाद डोटेल, शारदा सुवेदी, नारायण काफ्ले, राजु अधिकारी र केदार पुडासैनीको समितिअन्तर्गत बनेको छनौट समितिले क्याम्पस प्रमुखको रुपमा बिन्दु भण्डारीलगायत प्राध्यापकहरुको छनौट गरेको थियो । क्याम्पसमा बासुदेव ढुंगेल, डोरप्रसाद आचार्य, भुमिदत्त पौडेल, विष्णुकाजी श्रेष्ठ, कृष्णप्रसाद रेग्मी, विरेन्द्र कुमार शाह, वासुदेव गौतम, मेघनाथ बास्तोला र चन्द्रबहादुर कार्कीलाई प्राध्यापकको रुपमा छनौट गरिएको छ ।