दुर्घटनामा मृत्यु

कपन अनलाइन 

हेटौँडा, ११ असार । काठमाडौँबाट सर्लाहीको बयरबासतर्फ जान आइरहेको ना१ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडक खण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर तल खसी आज दुर्घटना हुँदा जिपका एक यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ गुर्जुधारा बस्ने ४२ वर्षीया माइली सापकोटा रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवेन्द्र रानाले बताउनुभयो । जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भई थप उपचारका लागि कुलेखानीबाट काठमाडौँको सुमेरु अस्पतालमा पठाइएको बताइएको छ । प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।