खीलराज लाइ प्रधानमन्त्री बनाउने तयारी आन्तिम चरणमा

काठमाडौ फागुन ४ – दलहरुबीच राजनीतिक सहमति जुटाउन एकीकृत नेकपा माओवादीले सातौ महाधिवेसनबाट अघि सारेको राजनीतिक निकासको ‘फर्मुला’ अनुसार प्रधानन्यायधिस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ने निश्चित भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुने पक्कापक्की भइसकेको दलहलहरुको छलफलमा सहभागी एक नेताले दावी गरेका छन् ।

माओवादीको उक्त प्रस्तावलाई एमाले-कांग्रेसले सुरुमा अस्वीकार गरेपनि अन्य कुनै उपयूक्त विकल्प दिन नसकेपछि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बनाउने माओवादी प्रस्ताव मान्न बाध्य भएका हुन् । स्रोतका अनुसार प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउन सहमति भएपछि दलहरुवीच मन्त्रालय भागबण्डामा छलफल सुरु भएको छ । सबै विषयमा सहमति भएपछि मात्र निर्णय सार्वजनिक गर्नेगरी अहिलेसम्म उक्त सहमति बाहिर ल्याइएको छैन ।khilraj-regmi

राजनीतिक निकासको लागि एमाओवादीले अघि सारेको सबै विकल्पहरु कांग्रेस-एमालेले अस्वीकार गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक निकासका लागि हेटौडा महाधिबेसनवाट प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने नयाँ प्रस्ताव अघि सारेका थिए । अध्यक्ष प्रचण्डको उक्त प्रस्तावको कांग्रेस-एमाले लगायतका विपक्षी दलले चर्को अलोचना गरेपनि अन्ततः त्यसै प्रस्तावमा सहमति गर्न वाध्य भएका हुन्। सत्ताधारी र विपक्षिले दुबैले आपmनो जित भएको ‘विन विन’ को अबस्था आएपछि सहमती बनेको बताइएको छ ।
एमालेको केन्द्रीय कमिटि बैठकबाट प्रधानन्यायाधीश नेतृत्व स्वीकार गर्ने औपचारिक निर्णय पर्खेका दलहरुले कुनै आर्श्चर्य भएन भने बेलुका वा शनिबारसम्ममा औपचारिक सहमती गर्ने छन् ।

दलहरुले चुनावका लागि निर्वाचन परिषद, मन्त्रीपरिषद, राज्य शासकिय परिषद जस्ता नाम दिने बताएका छन् । दलहरुबीच भएसँगै रेग्मीको पोल्टामा प्रधानमन्त्रीको पद र चुनाव गराउने जिम्मेवारी पनि पर्ने छ । उनले यसबारे साँधेको मौनता पनि छिट्टै तोडिने विष्लेषकहरुको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।