श्रीपञ्चमीको अवसरमा कपनमा २४ घण्टे अखण्ड तबला साधना

कपन अनलाइनविधाकी देवी सरस्वतीलाई 543646_562457603764975_1248939578_nआराधना गरिने श्रीपञ्चमीको अवसर पारेर कपन संगीत सरोवरले अखण्ड तवला वादन कार्यक्रमआयोजना गरेको छ । फाल्गुण ३ गते मध्यरात १२ बजे सुरु गरेर फाल्गुण ४ गते श्रीपञ्चमीको दिन मध्यरात समापन गरिने गरी यो साधना कार्यक्रम आयोजना गरिन लागिएको हो । यस कार्यक्रमअन्तर्गत २४ घण्टा निरन्तर तबला बजिरहन्छ । कुनै पनि क्षण रोकिदैन । 

विशिष्ट अवसर पारेर साधकहरुले यस्ता शास्त्रीय साधाना विभिन्न ठाउँमा गर्ने गरे पनि कपनमा यस प्रकारको कार्यक्रम हुन लागेको यो पहिलो अवसर हो । कपनमा बसोबास गरी तवला वादनमा नाम चलेका साधकहरुका साथमा अरु विशिष्ट आमन्त्रित साधकहरु भएर आयोजना हुन लागेको यो कार्यक्रममा कपनबाट परशुराम पौडेल र विराज पोखरेलले नेतृत्व गर्दैछन् । कपन बाहिरबाट शालिकराम घिमिरे र जगन्नाथ धौगोडाको यस साधनामा विशिष्ट उपस्थिति रहनेछ । त्यसैगरी अन्य सहकलाकारहरुले उनीहरुलाई नियमित साथ दिने छन् ।
कपन २ स्थित बगलामुखी मन्दिर परिसरमा आयोजना हुने यस साधना कार्यक्रममा उपस्थितिका लागि कपन संगीत सरोवरले सबैलाई आग्रह गरेको छ । त्यसैगरी श्रीपञ्चमीका दिन बगलामुखी मन्दिरको वार्षिकोत्सव पनि परेकोले उक्त दिन विशिष्ट पूजाअर्चनाका साथमा फूलप्रसाद वितरणको कार्यक्रम रहने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।