जेठ महिनाभित्र चुनाव गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज देशभर सभा गर्दै

काठमाडौं, माघ २८ – जेठ महिनाभित्र चुनाव गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज देशभर सभा गर्दै छ । देशलाई निकास दिन तत्काल निर्बाचन गर्नुको विकल्प नभएको भन्दै राप्रपा नेपालले दलहरुलाई दवाव दिने उद्देश्यले ७५ वटै जिल्लामा सभा गर्न लागेको हो । अध्यक्ष कमल थापाले गृहजिल्ला मकवानपुरको हेटौडामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौंको सभालाई भने केशर बहादुर विष्ट लगायतका नेताहरुले सम्बोधन गर्ने राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । काठमाडौंको सभा दिउँसो १ बजे बबरमहलमा हुने उनले बताए । आमसभा अघि देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिने बताइएको छ । राप्रपा नेपालले स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने, छिटो स्थानीय निकायको निर्बाचन गर्नुपर्ने लगायतका माग गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।