दूर्व्यसनीको आरोपमा पक्राउ परेका गायक पोख्रेल सुधार गृह लैजाने सर्त मा परिवारको जिम्मामा

काठमाडौं, माघ २८ – लागु औषध दूर्व्यसनको आरोपमा पक्राउ परेका गायक सुगम पोख्रेललाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । उनको साथबाट लागुऔषध नभेटिएपनि दूर्व्यसनीको शंकामा प्रहरीले पुनःस्थापना केन्द्र पठाउने शर्तमा परिवारलाई जिम्मा लगाएको हो ।sugam-pokharel
प्रहरीले राजधानीको सेतोपुलबाट शुक्रबार सुगमसहित अरु ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये एक जना विक्रेता रहेको र गायक सुगम पोखरेलले ती व्यक्तिबाट लागू औषध लिने गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका एक जनाको साथबाट मात्रै खैरो हिरोइन भेटिएको थियो ।
लागु औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरिक्षक केदार साउदले सुगमको साथबाट लागुऔषध नभेटिएको बताए । तर, पोख्रेल दुर्व्यसनीमा फसेको हुन सक्ने भएकाले पुनःस्थापना केन्द्रमा पठाउने शर्तमा परिवारलाई जिम्मा लगाईएको उनले बताए ।
गायक पोख्रेलका दर्जनौं गीत चर्चामा छन् । उनले केही चलचित्रमा समेत संगित दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।