भारतीय संसदमा भएको आतंकवादी हमलाका मूख्य योजनाकारमध्येका एक अफजल गुरुलाई आज बिहान ८०:३० मजे झुण्ड्याएर मारियो

नयाँ दिल्ली, माघ २७ (एजेन्सी)–२००१ मा भारतीय संसदमा भएको आतंकवादी हमलाका मूख्य योजनाकारमध्येका एक अफजल गुरुलाई दिल्लीस्थित तिहाड जेलमा शनिबार बिहान झुन्ड्याएर फाँसी दिइएको छ । उनलाई फँसी दिइएको घटनाको भारतीय गृह मन्त्रालयले पुष्टी गरेको छ। मृत्युदण्डलगत्तै जम्मु र कस्मिरमा कर्फ्यू लगाइएको छ ।

Afzal-Guru-Parliament-Attack-Convictआतंकवादी हमलामा उनको भूमिका रहेको प्रमाणित भएपछि उनलाई सन् २००४ मै मृत्युदण्डको फैसला सुनाइएको थियो । २००६ मा उनलाई झुन्ड्याइने तय भएको थियो। तर, उनकी पत्‍नीले उनको मृत्युदण्ड रोक्न निवेदन दिएपछि मृत्युदण्ड तत्काललाई रोकिएको थियो।
केही समयअघि उनको मृत्युदण्ड रोक्न राष्ट्रपति प्रणव मुखर्जीसामु निवेदन परेको थियो। त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए।
२००१ को डिसेम्बरमा पाँच हतियारधारी आतंकवादीले भारतीय संसद परिसरभित्र गोली प्रहार गरेका थिए। घटनामा ९ जना मारिएका थिए। मारिनेमा अधिकांश सुरक्षाकर्मीहरु थिए। आतंकवादीहरु पनि त्यहीँ मारिए। घटनाको केही दिनपछि गुरु पक्राउ परेका थिए।

तपाइँको प्रतिक्रिया ।