ट्यूनिसीयामा स्वतन्त्र व्यक्तिको सँलग्नतामा नयाँ सरकार गठन गर्ने प्रधानमन्त्री हमादी जेवालीको प्रयास असफल

काठमाडौ, २६ माघ । ट्यूनिसीयामा स्वतन्त्र व्यक्तिको सँलग्नतामा नयाँ सरकार गठन गर्ने प्रधानमन्त्री हमादी जेवालीको प्रयासलाई उनकै दल इनाहादाले अस्विकार गरेको छ ।
विपक्षी नेता चोक्री वेलेइदको हत्यापछि शुरु भएको आन्दोलन मत्थर पार्न गरिएको घोषणा अमान्य भएको इनाहादाका प्रवक्ता अव्देलहमिद अल्जालासीले बताएका छन् ।
राष्ट्रलाई सँकट परेका वेला गैह्र राजनीतिक व्यक्ति भन्दा राजनीतिक व्यक्तिले नै सरकार चलाउनुपर्ने भन्दै पार्टिसँग परामर्श नगरी गरिएको घोषणाले कुनै अर्थ नराख्ने इनाहादाले बताएको छ ।
वेलेइद सँवद्ध पार्टि द पपुलर फ्रन्टका कार्यकर्ताले हिँसात्मक आन्दोलन चर्काएपछि प्रधानमन्त्री जेवालीले गएको बुधवार स्वतन्त्र व्यक्तिको सँलग्नताम काम चलाउ सरकार गठन गर्ने घोषणा गरेका थिए ।

Tunisians protest outside the interior ministry in Tunis after Chokri Belaid's assassination
देशमा हिँसात्मक आन्दोलन चलिरहदा नयाँ सरकार गठन गर्नै प्रधानमन्त्रीको प्रयास असफल भएपछि ट्यूनिसीयामा राजनीतिक सँकट थप गहिरीएको छ ।
कानुनविद् समेत रहेका वेलेइदको हत्या भएपछि कानुन विद् र न्यायाधिसहरु समेत आन्दोलनप्रति समर्थन जनाउदै हडतालमा उत्रिएका छन् ।
हत्याको विरोधमा मजदुर, विद्यार्थी, पेशाकर्मी र राजनीतिक दलका भ्रातृसँस्थाहरुले आज बन्दको घोषणा गरेका छन् ।
उपराष्ट्रपति अव्देल हमिद जेलासीले भने सहमतिको सरकार गठनका लागी सवै दलहरुसँग छलफल शुरु गर्ने बताएको विविसी अनलाइनले जनाएको छ ।
अरव आन्दोलनले सन् २०११ मा तत्कालिन शासक जिने अल अव्दिन वेन अलीको शासन पतन गराएपछि ट्यूनिसीयामा राजनीतिक गतिरोध लम्विरहेको छ ।

तपाइँको प्रतिक्रिया ।