कपन बाट विपक्षी दलहरूको लावालस्कर खुल्लामंच तर्फ रवाना

काठमाडौं, माघ २६– एमाओवादी नेतृत्वको सरकारलाई आन्दोलन बाटै विस्थापित गर्ने भन्दै आन्दोलनमा रहेका विपक्षी दलहरूले शुक्रबार राजधानीमा बिरोधसभा गर्दै छन् । उक्त कार्यक्रम मा  सहभागी हुनका लागि  कपन मा रहेका विपक्षी दल हरुले  आ -आफ्ना कार्यकर्ताहरूको  लावालस्कर सहित खुल्लामंच तर्फ रवाना भएका छन ! नेकपा एमाले ले कपन स्थित ह्यान्डबल खेल मैदान बाट र नेका ले  कपन ३ स्थित निलो माइक्रो पार्कबाट भव्य तयारीका साथ र्याली निस्किएको थियो  ।

राप्रपाले भने कपनबाट र्याली निकालेको छैन । एमालेले २ वटा बससहित मोटरसाइकलमा र्याली निकाल्यो भने कांग्रेसले पनि २ वटा बससहित मोटरसाइकलमा प्लेकार्ड बोकेर र्याली निकालेको छ । समग्रमा सम्पूर्ण कपन आन्दोलनमय देखिएको छ ।

 

माथि देखिएको फोटो  क्रमस  नेका कपन कार्यालय अगाडिको र  नेकपा एमाले कपन कार्यालय अगाडी कार्यकर्ता हरु  विरोध जुलुसको तयारी गर्दै
माथि देखिएको फोटो क्रमस नेका कपन कार्यालय अगाडिको र नेकपा एमाले कपन कार्यालय अगाडी कार्यकर्ता हरु विरोध जुलुसको तयारी गर्दै

आजको बिरोध सभालाई काग्रेस, एमाले, राप्रपा, राजपा लगायतका ९ दलका शीर्ष नेताले सम्बोधन गर्ने छन् । बिरोध सभाअघि निकालिने -यालीका लागि काग्रेसलाई सुन्धारा, एमालेलाई भृकुटीमण्डप, राप्रापा र राजपाका लागि नक्साल नागपोखरी र अन्य दलहरूका लागि भद्रकाली तोकिएको छ ।

सरकार विरुद्धको पहिलो चरणको आन्दोलन आज सकिएपछि दोस्रो चरणको आन्दोलन गर्ने विपक्षी दलले बताएका छन् । शनिबार नेताहरुको बैठकले आन्दोलनका स्वरुप अनुमोदन गरेपछि सोमवार कार्यक्रम सार्वजनिक गर्ने नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।