४० दिनको वाद-विवाद पछि बेलायतको संसद् ले समलिंगी कानुन पारित गर्यो

माघ २४ । बेलायती संसदले लामो बहस पछि आज  समलिंगी विवाह सम्बन्धी कानुन पारित गरेको छ । बेलायतको संसद् हाउस अफ कमन्समा ४० दिनसम्म बहस भएपछि गरिएको मतदानमा कानुन पारित गर्ने पक्षमा ४ सय र विपक्षमा १ सय ७५ मत परेको थियो ।

uk_house-of-commens
बेलायतको कम्जरभेटिभ पार्टीका सांसदहरूको व्यापक विरोधका बीच बेलायतमा समलैगिंक विवाह सम्बन्धी कानून पारित भएको हो । यस कानुनले बेलायतको समाज मजबुत हुने विश्वास बेलायती प्रधानमन्त्री डेबिड क्यामरूनको छ ।

एक आपसमा प्रेम गर्ने र विवाह गर्न समेत तयार भएको खण्डमा समलिंगी भन्ने भेदभाव गर्नु अनुचित भन्दै यो प्रस्तावले विश्वका अन्य राष्ट्रहरूलाई समेत प्रोत्साहित गर्ने विश्वास प्रधानमन्त्री डेविड क्यामरूनको छ ।

विपक्षी दलका नेताहरूले भने यस प्रकारको कानुनले देशमा अराजकता ल्याउनका साथै सामाजिक सद्भाव खलबलिने प्रतिक्रिया दिएका छन् । बेलायतका समलिंगीहरुले भने  नयाँ कानुनको स्वागत गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा तयार पारिएको

तपाइँको प्रतिक्रिया ।