कपन एमालेको बृहद कार्यकता भेला, तिनहजार जना कपनबाट उतार्ने

माघ २२, आकाशेधारा, कपन

Jagannath-Khatiwadaप्रमुख विपक्षीहरुको माघ २६ गते राजधानीमा गर्ने संयुक्त आन्दोलनलाई मध्य नजर गर्दै कपन एमालेले कार्यकता भेला आयोजना गरेको छ । सोमबार कपन, आकाशेधारास्थीत आफ्नै पार्टी कार्यालयमा यो भेला आयोजना गरिएको हो । उक्त भेलाले आन्दोलनमा ने.क.पा. एमालेले आफ्नो शक्ति प्रदर्शन गर्न सम्पुर्ण कमिटिलाई परिचालित गरि कपनबाट तिन हजार कार्यकता उतार्ने जनाएको छ । सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं आन्दोलन परिचालन कमिटि क्षेत्र नं. ४ का इञ्चार्ज जगन्नाथ खतिवडाले आन्दोलनका सन्दर्भ र आवश्यकता माथी प्रष्ट पार्नुभएको थियो । भेलामा बोल्दै खतिवडाले माओवादी भारत परस्त रहेको भन्ने ज्वलन्त उदाहरण उसले महाधिवेशनमा पेश गरेको सिमा अतिक्रमणका सन्दर्भमा जनमत संग्रह गर्नु पर्ने भन्ने धारणा बाट प्रष्ट भईसकेको अवस्थामा राष्ट्रियता समेत खतरामा रहेको वर्तमान अवस्थामा बाबुराम भट्टराईको सर्वसत्तावादलाई परास्त गर्न यस आन्दोलनमा सहभागी हुनुपर्ने बताए ।

उक्त भेलामा नेकपा

एमाले क

पनका अध्यक्ष ध्रुवराज न्यौपानेले जनसभामा बढी भन्दा बढी जनशक्ति उपस्थीत गराउन कार्यकर्तालाई जिम्मेवारी एवं आन्दोलन केन्द्रित कार्ययोजना प्रस्तुत गरे । उक्त भेलामा जिल्ला कमिटि सदस्य मिठाराम अधिकारी, संगम गहतराज, उपत्यका समन्वय कमिटिका विभाग सदस्य ठाकुर खकुरेल, क्षेत्रीय कमिटिका उपाध्यक्ष लक्ष्मी प्रसाद संग्रौला

गायतका नेताहरुको उपस्थीती रहेको थियो

तपाइँको प्रतिक्रिया ।