नेपाली युवतीहरुबाटनै भारतका विभिन्न शहरमा कोठी संचालन हुनेगरेको खुलासा

माघ । नेपालबाट बर्षेनी धेरै नेपाली चेलीहरु भारतीय शहरमा बेचिने गरेको कुरा चर्चाको विषय छँदैछ एकातिर अब यतिमा मात्र सीमित भएका विभिन्न शहरमा चर्चित एक दर्जन यौन धन्दा गर्ने ‘कोठी’ हरू नेपाली महिलाहरुलेनै सञ्चालन गरिरहेको कुराको खुलासा भएको छ ।
कोठी
नेपालको एक दैनिक पत्रिकामा छापिएको समाचार अनुसार राजधानी दिल्लीको जीबीरोड र आग्रा, मेरठको कवाडीबजार, इलाहावादको मिरगन्ज, मुम्बईको भण्टाबारी, कोलकत्ताको सानोगाछीमा नेपाली महिलाले घर भाडामा लिएर ‘कोठी’ सञ्चालन गरिरहेको कुरा प्रकाशमा आएको छ ।

बिगत केही समयदेखि त्यहाँबाट उद्दार गरिएका पीडितहरू तथा उद्दारका क्रममा पटक–पटक त्यस ठाउँमा पुगेका नेपाली तथा भारतीय संघ–संस्थाका प्रतिनिधिहरूले यस कुराको पुष्टि गरेका हुन् ।

समाचार अनुसार जीबीरोडको ५६ र ६४ नम्बरमा सञ्चालित चर्चित कोठी सिन्धुपाल्चोक र नुवाकोट घर भएकी साइली तामाङले र बर्दिया र सुर्खेतको सिमानामा रहेको चेपाङवस्तीकी काजोलले संचालन गरेको भेटिएको छ ।

त्यसैगरि, मिरगन्जमा भक्तपुरकी कविता नाम भएकी युवती, कवडीबजारमा नेपालको तराईमा घर रहेको बताउने जरिना, भण्टाबारीमा पूर्वी नेपाल घर बताउने सुष्मा नेपालीले कोठी सञ्चालन गरेको कुरा खुलासा भएको हो ।

साथै सोनागाछी र आग्रामा पनि कोठीमालिक नेपालीहरू नै रहेको पाइएको छ ।

यी कोठीमा म्यानेजरहरू पनि नेपाली महिला नै धेरै रहेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।