विद्या बालनलाइ सर्वोत्कृष्ट अवार्ड

माघ । बलिउड अभिनेत्री विद्याबालन ले फेरी पनि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्काका हात पारेकी छिन् ।
मुम्बईमा आयोजना गरिएको स्टार डस्ट पुरस्कार समारोहमा अभिनेत्री बालनले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हात पारेकी हुन् । उनले ‘कहानी’ का लागी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पाएकी हुन् ।vidya-balan
समारोहमा प्रियंका चोपड़ा, शाहरुख खान र अक्षय कुमारले दुइ–दुइ पुरस्कार पाएका छन् ।
ऋतिक रोशन लाइ ‘अग्निपथ’ फिल्मका लागी सर्वश्रेष्ठ अभिनेता (नाटक) को पुरस्कार प्दान गरिएको छ । यसै श्रेणीमा प्रियंका चोपड़ा लाइ ‘बर्फी’ तथा श्रीदेवी ले ‘इङगलिश विङगलिश’ फिल्मका लागी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेका छन् ।

एक्शन थ्रिलर श्रेणीमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार अक्षय कुमारले फिल्म ‘राउडी राठोड’ का लागी पाएका छन् ।

अमिताभ बच्चनलाइ शताब्दीको स्टार तथा वैजयन्तीमालाले प्राइड अफ दी इन्डस्ट्रीको पुरस्कार प्राप्त गरेकी छन् । शाहरुख खान र अक्षय कुमारले संयुक्त रूपमा स्टार अफ दी ईयर पुरस्कारको पुरस्कार पाएका छन् । महिला श्रेणीमा भने प्रियंका चोपडाले यो पुरस्कार पाइन् ।

‘बर्फी’ लाइ बर्षकै सर्वश्रेष्ठ फिल्मको पुरस्कार दिइएको छ । ‘अग्निपथ’ मा भूमिकाका लागी संजय दत्त लाइ सर्वश्रेष्ठ खलपात्रको पुरस्कार प्राप्त भएको छ ।

यसअघि डर्टि पिक्चरबाट अभिनेत्री विद्या बालनले फिल्म फेयर अवार्ड हात पारेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।