नायिका सोनिया के.सी. राम्रो रोल तथा तकडा दाम पाएमा यौनजन्य चलचित्रमा अभिनय गर्ने

काठमाडौं । नायिका सोनिया केसीले राम्रो रोल तथा तकडा दाम पाएमा यौनजन्य चलचित्रमा अभिनय गर्ने खुलासा गरेकी छन् ।
नेपाली सिनेमा उद्योगमा चुम्वन केसी उपनाम पाएकी नायिका सोनियाको जसरी वजारमा दिन प्रति दिन भाउ बढेको छ त्यसरी नै भाउ बढेको छ।
सवैको भाउ वढ्ने हामी कलाकारको किन भाउ नवढ्ने, यो उनको गंभीर प्रश्न पनि हो । प्रश्न संगै भाउ पनि वढाएकी छन् । चलचित्रको अभिनयमा मात्र होइन, फोटो खिच्दा पनि वेग्लै रेट राखेकी छन्। फोकटमा फोटो खिचाउन पनि छाडेकी छिन।
हामी कलाकारले कति फोकटमा काम गर्ने ? हाम्रो पनि पेट छ। हामीले मात्र कति हरेक कुरा फोकटमा गर्ने ? यस्तै–यस्तै प्रश्न गर्न थालेकी
सोनियाले ।sonia_kc_
चलचित्र सन्देशमुलक हुनुपर्ने शर्त राखेकी राख्दै उनले यौनजन्य चलचित्रमा अभिनय गर्ने खुलासा गरेकी हुन् ।
विना सन्देशमुलक यौनजन्य चलचित्रमा अभिनय गर्नुको कुनै औचित्य नभएको उनले भनेकी छन् । हुन त नेपाली चलचित्रका दर्शकले यौनजन्य चलचित्रको आवश्यकता महशुश गरेका छन् । त्यो पनि नेपाली चलचित्रका कलाकारको अभिनय भएको।
मेसेजफुल यानी सन्देशमुलक भएमा त्यसप्रकारको चलचित्रले समाजलाई सही मार्गमा ल्याउने गर्दछ। त्यस प्रकारका सन्देशमुलक चलचित्र आवश्यक भैसकेको छ । तर, पैसैको लागि जस्तो पायो त्यस्तै टाइपको चलचित्रमा कलाकारले खेल्नु भने हुदैन । हो, अन्यत्रको जस्तो नेपाली चलचित्रका कलाकारको त्यति भाउ वढ्न सकेको देखिदैन। पाएमा सवैले फोकटमा अभिनय गराउने पुरातन संस्कृति अझैपनि जारी रहेको छ। यसको मतलव नेपाली चलचित्रमा अझैपनि व्यावसायिकता आइनसकेको देखिन्छ।

चलचित्र पाउने होडवाजीमा कलाकार–कलाकार वीच व्यापक प्रतिस्पर्धा चल्नाले पनि यसप्रकारको अवस्था सिर्जना भएको हो। कतिपय कलाकार यस्ता पनि देखिएका छन्, मौका तथा अवसर मिलेमा फोकटमा खेल्ने अनि उल्टै चलचित्रमा लगानी गर्ने भएर पनि नेपाली चलचित्रका कलाकारका हक बन्चित भएको बताइन् ।

तपाइँको प्रतिक्रिया ।