श्रीमानको यौन प्यास मेटाउन पत्नीद्वारा केटी समर्पित

२ मे, काठमाडौं । असहाय बालबालिकालाई लालन पालन गर्ने भन्दै अनाथगृह चलाउने ६० बर्ष कटेका एक बृद्धले १३ देखि १६ बर्षसम्मका किशोरीलाई यौन शोषण गर्ने गरेको खुलेको छ । उमेर ६० कटेका यी बृद्धलाई यसरी किशोरीसँग सुत्ने सुबिधा भने उनकै वैधानिक पत्नीले नै दिएको र ती बृद्धले नचाहाँदासमेत किशोरीलाई पत्नीले सँगै सुत्न बाध्य बनाउने गरेको खुलासा भएको छ ।

२० बर्षदेखि काठमाण्डौको बाँसबारीस्थित मर्निङस्टार चिलड्रेन होम चलाएका यी बृद्ध बिष्णुप्रसाद पराजुलीले पछिल्लो दिनमा १३ देखि १६ बर्ष उमेरका किशोरीसँग पालैपालो कामबासना पुरा गर्ने गरेको पाइएको छ । बेलायती नागरिकको अनुदानबाट चल्ने उक्त अनाथगृह क्रिश्चियन धर्मका अनुयायीको सहयोगबाट चल्ने गर्छ । बिष्णु र उनकी पत्नी मोना होमको भुईंतलामा रहेका दुईवटा बेग्लाबेग्लै कोठामा सुत्ने गर्दथे । श्रीमानले बालिकालाई र श्रीमतीले बालकलाई लिएर रात बिताउने गरेको पिडीतहरुलाई प्रहरीलाई दिएको श्रृब्यदृष्य बयानमा उल्लेख छ । जम्मा ४२ जना बालबालिका रहेको सो होममा श्रीमानको यौनप्यास मेटाउने र बालिकालाई जर्वजस्ती शोषण गर्ने ब्यबस्था श्रीमती मोनाले नै गर्दै आएकी थिइन् ।

अरुभन्दा ठूला, तुलनात्मकरुपमा राम्रा र भनेको मान्ने किशोरीलाई छानेर मोनाले ड्याडी-श्रीमान बिष्णु)को कोठा सफा गर्ने काम पालैपालो लगाउने गर्थिन् । कोठा सफा गर्ने पालो परेका किशोरीहरु नै ड्याडीसँग सुतेर यौन प्यास मेटाइदिनुपर्दथ्यो । बालिकाले त्यसरी रात बिताउन सहमति नजनाए श्रीमतीले नै गाली गरेर रात बिताउन बाध्य पार्ने गरेको पिडीतहरुले बयानमा बताएका छन् । मासिकश्राव भएका बेला समेत बिष्णुले जर्वजस्ती सम्र्पक गर्न लगाएको उनीहरुले रुदै बयान दिएका छन् ।

बिष्णु र मोनाको कर्तुत त्यतिबेला खुल्यो जब दाता बेलायती नागरिकको निधन भयो । उनको निधनपछि उनकी छोरी नेपाल आएर वालगृहमा बसिरहेका केटाकेटीसँग कुरा गरेकी थिइन् । सो क्रममा उनले शोषण जानकारी पाएपछि अधिकारकर्मी र प्रहरीसँग छलफल गरेर मुद्दा अगाडी बढाइन् । यस्तो कुर्तुतमा संलग्न बिष्णु र मोना अहिले महानगरिय प्रहरी प्रभाग कालिमाटीको महिला सेलको नियन्त्रणमा छन् ।

तपाइँको प्रतिक्रिया ।