पत्रकार महासंघ ले भन्यो रिपब्लिक मिडिया:श्रमजिवी पत्रकार ऐन नियम तथा श्रम ऐन पालना गर

काठमाडौं, माघ ७ –नेपाल पत्रकार महासंघले नेपाल रिपब्लिक मिडियालाई श्रमजिवी पत्रकार ऐन नियम  तथा श्रम ऐन पालना गर्न आग्रह गरेको छ । महासंघले रिपव्लिक मिडियालाई  ब्यवसायिक पत्रकारिता गर्ने वातावरण बनाउन माग समेत गरेको छ ।

फोटो साभार :-उमेश श्रेष्ठ नागरिक न्युज

केही दिन अघि रिपब्लिक मिडियाका ७७ जना पत्रकारले स्थायी नियुक्तिको माग गर्दै सूचना विभागमा निवेदन दिएपछि पत्रकार महासंघले आज येस प्रकारको  विज्ञप्ति निकालेको हो ! श्रमजीवी पत्रकार ऐन विपरीत कुनैपनि श्रमजीवी पत्रकारलाई स्थायी नगरी करार सेवा थप गरिंदै ऐनविपरीत काममा लगाइको निवेदन मा  दावी गरिएको छ । अधिकांश पत्रकारले ४ वर्ष अबिछिन्न सेवा पूरा गरेकोले आफ्नो पद स्थायी प्रकृतिको नभएको निवेदनमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपाल प्रधान सम्पादक रहेको पत्रिकाबाट आधा दर्जन व्यावसायिक पत्रकारहरू ले न्याय नपाउनु लाइ अन्य  पत्रकार हरुले  अर्थ पूर्ण रूपले हेरिएको एक पत्रकार ले बताए  !

तपाइँको प्रतिक्रिया ।