कालो चिया ब्लडप्रेशर र मुटु रोगलाई लाभदायक

कपन अनलाइनतपाइँ कालो चिया कत्तिको पिउनुहुन्छ ? कतिपयलाई त दुध नराखेको चिया मनै पर्दैन । कतिले भने दुध राखेको चियाले पेट खराब गर्ने भन्दै कालो चियाखाने गर्नुभएको छ होला । के तपाइँलाई कालो चियाले गर्ने फाइदाको बारेमा थाहा छ ? छैन भने पनि चिन्ता नगर्नुहोस् तपाइँले पिउने कालो चियाले तपाइँलाई थाहा नभए पनि तपाइँको मुटु तथा रगतलाई निकै फाइदा पुर्याईरहेको हुन्छ ।

एक अध्ययन अनुसार कालो चियामा पाइने  तत्व फ्लेवनाइडले रक्तनलीहरुलाई क्षति हुनुबाट बचाउँछ र मुटु तथा रक्तनली सम्बन्धि रोगको खतरा घटाउँछ । फ्लेभिन्वाइड तत्वले एन्टी अक्सिडेन्टको कामगर्ने र रक्तधमनीहरुको अक्सीकरणसाथै यसले सरिरमा भिटामिन सी को प्रभावलाई बढाउने र रक्तनलीको आसपासका तन्तुको पनि रक्षागर्ने शोधकर्ताहरु बताउँछन् ।

युनिभर्सिटी अफ वेस्टर्न अस्टेलियाको स्कुलअफ मेडिसिनका शोधकर्ताहरुले  गरेको अनुसन्धानले कालो चियामा हुने तत्वले रक्तनलीको सुरक्षागर्ने तथ्य पत्ता लागेको हो । कालो चियाले रक्तनलीको सुरक्षातथा रक्तरोगको जोखिम कम गर्नुका साथै उच्च रक्तचापको समस्या पनि कम गर्छ ।
कालो चियामाहुने फ्लेभिन्वाइड तत्वले रक्तनलीमा पूराउने फाइदाको विषयमा प्रमाण फेला परेपछि अब भविष्यमा रक्तरोगको उपचारमा यो तत्वको प्रयोग बढाउन सकिनुका साथै यो तत्व प्रचुर मात्रामा पाइने अन्य खानेकुरा वा खाद्य श्रोतको बारेमा पनि खोजी हुने विश्वास सोधकर्ताहरुकेा छ ।
तपाइँको प्रतिक्रिया ।