गण्डकी वाङ्मय पुरस्कार’बाट उपाध्याय सम्मानित

कपन अनलाइन 

पोखरा, ८ जेठ । यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार’बाट प्रगतिशील साहित्यकार गोपीरमण उपाध्याय सम्मानित हुनुभएकोे छ । गण्डकी वाङमय सङ्गम पोखराले स्थापना गरेको रु १५ हजार राशिको उक्त पुरस्कार आज यहाँ सङ्गमका अध्यक्ष डा कृष्णराज अधिकारीले उहाँलाई प्रदान गर्नुभयो ।

स्याङ्जाको किचनासमा २००३ साल जेठ ११ गते जन्मनुभएका उपाध्यायले साढे तीन दशकअघिदेखि माक्र्सवादी साहित्यको अनुवाद तथा लेखन गर्दै आउनुभएको छ ।
विसं २०४९ सालमा स्थापित सङ्गमले २०५२ सालदेखि एक वर्ष बिराएर गोकुल वाङ्मय पुरस्कार र गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।