अग्ली हुनुको पिडा (भिडियोसहित)

ब्राजिलमा समुन्द्री किनारामा प्रेमी–प्रेमिका टहल्लिएर हिड्नु अचम्म मानिदैन । तर, त्यहाँ एक जोडी छन्, जसलाई देखेर मानिसहरु आश्चर्यचकित हुन्छन् । ब्राजिलको सालिनपोलिसकी एसिलानी डा क्रूज सिल्भा मात्रै १७ वर्षकी छिन् ।

सिल्भाको उचाई ६ फुट ८ ईन्च छ र आफ्नो यो असिमित उचाईका कारण उनी विश्वकै सबैभन्दा अग्ली किशोरी बनेकी छिन् । तर, उनका २२ वर्षीय प्रेमी फ्रान्सिनाल्डो डा सिल्भाको उचाई भने ५ फुट ४ ईन्च मात्रै छ ।

सिल्भालाई आफ्नो प्रेमीसँग चुम्बन गर्न निहुरिनुपर्छ । सिल्भालाई एक ट्युमर भएको थियो र डाक्टरले उक्त ट्युमर निकालिदिएको जनाइएको छ । सिल्भाका अनुसार जब उनीहरु सँगै हुन्छन् त मानिसहरु उनका प्रेमीलाई उनको भाई वा आफन्त सम्झिन्छन् ।

त्यस्तै फ्रान्सिनाल्डोको भनाई छ कि उनका साथीहरुले उनलाई सोध्छन्, यति अग्ली प्रेमिकालाई अंकमाल कसरी गछौं ?

सिल्भाले धेरैअघि स्कुल छोडेकी थिइन् । सिल्भालाई घर प्रवेशमा पनि अप्ठ्यारो हुने गर्छ । सिल्भा एक सानो घरमा आफ्नी आमा, बहिनी र सौतेला पिताको साथमा रहने गरेकी  छ ।

 

तपाइँको प्रतिक्रिया ।