रन सुजका नौ नयाँ मोडल बजारमा

सोमबार, २०६९ पुस ९
रन सुजले आज देखि बजारमा उपलब्ध हुने गरी विभिन्न ९ वटा मोडलका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु राजधानीमा सोमबारदेखी भृकुटीमण्डपमा सुरु हुने छालाजन्य वस्तुहरुको मेलालाई लक्षीत गरी ल्याइएको कम्पनीले जनाएको छ । ९ औ फुटवयर मेलाको अवसर पारी कम्पनीले ९ वटानै नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशकरुद्र न्यौपाने बताउनुहुन्छ । यी नयाँ डिजाइनका जुत्ताहरु जाडो यामको फेसनलाई मध्यनजर गरी ल्याइएको हो । यसमा बिशेष गरी उच्च गुणस्तरीय सावरको बुट र क्याजुयल सुज रहने जनाईएको छ । सोमबारदेखी सञ्चालनहुने फुटवयर मेलामा कम्पनीले आफ्नो उत्पादनमा आकर्षक छुटको समेत व्यवस्था गरेको छ । उद्योगले हाल १६५ भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज उत्पादन गर्दै आएको छ ।

यी जुत्ताहरुमा ६ महिनाको वारेन्टी प्रदान गरिएकोछ । यस उत्पादनले नेपाली जुत्ताको बजारमा रहेको नेपाली जुत्ता भनेको फर्मल जुत्ताहरु मात्र हो भन्ने भ्रम चिर्दै नेपाली जुत्ता सबै भेराईटी, मोडल, डिजाईन, क्याटागोरीमा उपलब्ध छ भन्ने कुरा विश्वस्त गराउने बताइएको छ ।
विशेष गरी युवा पिढिले नेपाली जुत्ताका मोडलहरु अपुग महसुस गरेको अवस्थामा रन शुजको उत्पादन युवालाई टार्गेट गरेर बनाइएकोले यी उत्पादनहरुले फेसनका नाममा आयातीत कमजोर जुत्ता लगाउनु पर्ने बाध्यताको अन्त्य गराउने कम्पनीले विश्वास लिएको छ । युवा पिढिलाई लक्षित गर्ने मनसायले यसको बजार प्रवर्धनका लागि नेपाली चलचित्रका चर्चित नायक जीवन लुईटेललाई यस ब्राण्डको ब्राण्ड एम्बेसडरका रुपमा अनुवन्धन गरेको छ । यसले गर्दा युवाहरु माझ यो ब्राण्डलाई परिचित गराउन अझै सहज हुने विश्वास  कम्पनीले लिएको छ । निकट भविष्यमा लेडीज जुत्ता चप्पल समेत उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको प्रेस विज्ञप्ति मार्फत  जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।