सुमेकी छोरीसँग पल्कँदा

सुमेकी छोरीसँग पल्कँदा

आफ्नै पल्टनका सुवेदार मेजर (सुमे) की छोरीसँग लागेर नेपाली सेनाका एकजना क्याप्टेनले दुईपत्नीमाथि अत्याचार गरेका छन् । जेठीपत्नीसँग नाटकीय तवरले सम्बन्धविच्छेद गरी कान्छी ल्याएका उनले अहिले कान्छीमाथि पनि सौता हालेका छन् । उनी हुन्, सिंहदरबारस्थित नारायणदल गणका क्याप्टेन तथा रेडियो नेपालका वरिष्ठ प्रशासकीय अधिकृत वेदबहादुर कुँवरका छोरा अमित । उनले नेपालगञ्जमा पढ्न बसेकी जाजरकोटकी एक नेवार युवतीसँग पहिलो विवाह गरेका थिए । विवाहपछि अन्यत्र मन बस्नाले उनले तेस्रो वर्ष नेवार युवतीलाई पन्छाउन सम्पत्तिको बहानाले सम्बन्धविच्छेद गराए । ‘भैंसेपाटीको घर चार करोडमा बिक्री हुन्छ । अंश मुद्दा हाल्नेबित्तिकै बाउले घर बेच्छन् । त्यसमा एक करोड मलाई, एक करोड तिमीलाई’ भन्दै नेवार युवतीलाई फकाएर सम्बन्धबिच्छेद गरे । त्यसपछि दार्जिलिंगबाट आएकी एकजना शिक्षककी छोरी सुजाता छेत्रीसँग सम्बन्ध भयो । अर्कैसँग विवाह गरेकी सुजातालाई पत्नीका रुपमा अपनाए । तर, त्यतिले मात्रै पुगेन । ‘तेस्रो विवाह गर्न पाऊँ’ भनी जंगी अड्डाको लिगलमा निवेदन हालेका छन् । लिगलले अनुमति दिएको छैन । तर, आफ्नै पल्टनकी सुवेदार मेजरकी छोरीसँग पत्नीवत सम्बन्ध भने शुरु भइसकेको छ । माइली सुजाताले ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद तथा अंशचलनको मुद्दा हालेकी छन् । अस्ति सोमबार पेशी थियो । उनी त्यहाँ गए । तर, सुजाता र उनको बच्चालाई पनि चिनेकै छैन भनी फर्किए । त्यसदिन न्यायाधीश खिलनाथ रेग्मीको बेञ्चमा परेको थियो । रेग्मीले मिलापत्र गर्ने सुझावसहित साधारण तारेखमा छाडेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।