महिलाहरुको नमुना काम; घरनजिकै कमाउँछन् दाम !

कपन अनलाइनधिरज चौधरी

आइतबार, २०६९ पुस १/कपन ३ मिलनचोक , महिलाहरुलाई काम दिनको लागि “शुकुन्दा पेपर उद्योग “ उच्च स्थानमा रहेको छ । यस उद्योगको संचालिका श्रीमती समिना प्रधान हुनु । कागज बनाउनको लागि सोलुखुम्बु, ओखलढुङग़ाबाट कच्चापदार्थ  लोक्ता निर्यात  गरिन्छ, “शुकुन्दा पेपर उद्योग”बाट उत्पादित पेपर स्थानीय बजार काठमाडौँमा वितरण गरिन्छ ।

नेपाली हाते कागज बनाउदै महिला हरु

प्रधानका अनुसार व्यापार आसोज र कत्तिक महिनामा बढी फस्टाउने  गर्दछ ।  उक्त पेपर उद्योगमा १० जना महिला कामदारहरु कामगर्दै आइरहेका छन् र सबै कामदार हरु पूर्ण सन्तुष्ट रहेको बताए । महिला कामदारहरुले मासिक रू‍…  ४,५०० देखि रू. ५,००० को हराहारीमा तलब पाएको  बताउँछन् ।

रंगिएको नेपाली कागज सुकाउँदै
तपाइँको प्रतिक्रिया ।