रामकृष्ण के.सी. सार्क ह्याण्डबल फेडरेसनको सदस्यमा नियुक्त

कपन अनलाइनकपनमा राजनीतिक तथा सामाजिक जीवनमा चिनिएका  रामकृष्ण के.सी. साउथ एशियन ह्याण्डबल फेडरेसनका सदस्य पदमा नियुक्त भएका छन् । नेपाल ह्याण्डबल एशोसियसनमा लामो समयदेखि सक्रिय रहेका के.सी. पछिल्लो समय राजनीतिमाभन्दा खेलकुद क्षेत्रमा बढि सक्रिय थिए । कपन वडा नं. ४ का स्थायी बासिन्दा रामकृष्ण के.सी. यसै वडाबाट ०४९ र ०५४ सालमा भएको स्थानीय निकायको चुनावमा वडाअध्यक्षमा चुनिएका थिए ।

सार्क क्षेत्रमा ह्याण्डबलको विकासका लागि स्थापित साउथ एशियन ह्याण्डबल फेडरेसनमा नेपालका तर्फबाट यस अघि नै तेज गुरुङ उपाध्यक्षको रुपमा कृयाशिल छन् । पौष २ गते सोमबार काठमाडौंमा भएको फेडरेसनको बैठकले के.सी.लाई मनोनयन गरेको हो ।

तपाइँको प्रतिक्रिया ।